धमलामाथिको षड्यन्त्रबारे संसदमा कुरा उठ्नेछ (कोइराला

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • लमजुड, चैत्र ९ । नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पत्रकार एवं रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलामाथि नियोजित षड्यन्त्र भएको भन्दै त्यसबारे सदनमा कुरा उठाउने बताएका छन् । आज लमजुड.माआयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रेसमाथि एकपछि अर्को आक्रमणभइरहदा धमलालाई नियोजित रुपमा फसाउन खोजिएको बताए । ऋषि धमलालाई अपराधि देखाएर प्रेसको धज्जी उठाउन खोजिएको छ , कोइरालाले भने, प्रेसमाथिको आक्रमण सह्य हुदैन, सदनमा कुरा उठ्नेछ । कांग्रेस प्रेसमाथि हुनेगरेका कुनैपनि आक्रमणको प्रतिकार गर्न तयार भएको स्पष्ट पारे ।
    एकीकृत नेकपा माओवादीले प्रेसमाथि आक्रमण गरेर लोकतन्त्रलाई संकटमा पार्न खोजेको आरोप लगाए । माओवादी जनतामाझ बदनाम हुदै गएको उनको दाबी थियो ।
    यसैगरी मकवानपुरमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पत्रकार ऋषि धमलालाई थुनामा राखेर जनताको पक्षमा हुनेगरेका बहस रोक्ने षड्यन्त्र भएको बताइन् । धमला निर्दोष भएको भन्दै उनलाई फसाउन खोज्नु सिंगो प्रेसमाथिकै आक्रमण हो भन्दै त्यसविरुद्ध आवाज उठाउन आग्रह समेत गरिन् । उनले धमलाबाट अपराधिक काम हुनैनसक्ने जिकिर गरिन् ।

    0 comments: