बोल्ने होइन गर्ने बेला आएको छ

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ चैत/ हिमराइटस बाराद्वारा शुक्रवार कलैयामा आयोजित नयां संविधानमा बालबालिकाहरूको अधिकार विषयक अन्तरक्रिया सम्पन्न भयो।
    कार्यक्रममा बाल अधिकारबारे विभिन्न वक्ताहरूले बोलेका थिए। जनमत तथा राय सुझाव संकलन टोली नं. १२ का संयोजक एवं सभासद प्रमोदप्रसाद गुप्ताले पनि बाल अधिकारबारे विकृति विसंगतिलाई पन्छयाउंदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।
    कुनै सभासदले एनजिओ तथा आइएनजिओहरूले आप\mनो उद्देश्यलाई बिर्सर्ेेडलर पचाउने आरोप पनि लगाउनुभयो। कुनै सभासदहरूले पिछडिएका बालबालिकहरूको लागि विशेष प्रकारको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ। तर के बोलेर मात्र बालबालिकाहरूको अधिकार सुनिश्चित हुन्छ त - सभासदहरूले अहिले बोल्ने होइन गर्ने बेला भएको छ। एनजिओहरूले के गर्‍यो दोष लगाउनु साटो केही गर्नुस्। देशको राजनैतिक अस्थिरताले गर्दा बन्द, हडतालले गर्दा कहिले शिक्ष्ँकहरूको आन्दोलनले गर्दा, कहिले विद्यालयहरूको आन्दोलनले गर्दा शिक्ष्ँाको स्तर खस्किदै गएको अवस्थामा देशको कर्ण्र्ाार बालबालिकाहरूको अधिकार सुनिश्चित गर्ने दायित्व संविधान सभासदहरूको भएकोछ। त्यसैले केही गर्नुस बालबालिकाको लागि बोल्नुको साटो। हिमराइट्सले पत्रकार महासंघ पर्साको सभाकक्षमा एक कार्यक्रम गरी संविधानसभा सभासद १२ नं. टोलीलाई बालबालिकाको अवस्थाबारे आवश्यक जानकारी गराएको थियो।

    0 comments: