पिछडावर्गको बन्दको परासी प्रभावित

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी, ९ चैत । नेपाल पिछडावर्गले आह्वान गरेको तीन दिने मधेश वन्दको दोस्रो दिन आज नवलपरासीको सदरमुकाम परासी बजार पनि वन्द भएको छ।
    बन्द आह्वानकर्ताहरु विहानैदेखि वजार र यातायात वन्द गराउन हिंडेका कारण सदरमुकाम परासीमा रहेको पसल व्यवसाय र यातायात ठप्प रहेका छन््। सदरमुकाम परासीवाहेक सुनवल, वर्दघाट कावासोती लगायत क्षेत्र खुला रहेका छन् भने राजमार्गमा सवारीसाधन सुचारु रहेका छन् ।
    वन्द आव्हानकर्ताहरुले शैक्षिक संस्था भने संचालन गर्न दिएका छन्।
    त्यसैगरी पिछडा वर्गले आहवान गरेको बन्दको वीरगंजमा कुनै असर परेको छैन। बन्दकर्ताहरुले आज वीरगंज बजारमा र्‍याली निकाली पसलहरु बन्द गर्न आहवान गरे तापनि वीरगंज बजार भने पर्ूण्ारुपले खुला रहेको छ।

    0 comments: