थारुसंग वार्ता हुने भनी सरकारले भ्रम फैलाइरहेको आरोप

Posted on
  • Mar 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ फागुन/ थारु, आदिवासी समुदायको यो आन्दोलनलाई दमन गर्न सरकारले झन धेरै शक्ति प्रयोग गर्ने र षडयन्त्र गर्ने काम गरिरहेको आरोप लगाउंदै थारु कल्याणकारिणी सभाले घोर भर्त्सना गरेको छ ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी सरकारी आडमा मधेसवादी दलहरुका भिजिलान्तेहरुले आदिवासी समुदायको आन्दोलन विरुद्धमा ठाउंठाउंमा गरिरहेको दमन र आक्रमणप्रति मानवअधिकारवादी, पत्रकार तथा नागरिक समाजको ध्यानाकर्षा गराएको छ ।
    विज्ञप्तिमा सरकारी पक्षले शनिबार दिनभरि यति बजे र उति बजे वार्ता हुने भनी भ्रम फैलाउने घृणित काम गरिरहेको र संचार माध्यमलाई वार्ता हुने भनी गलत सूचना दिइरहेको छ । सम्पर्ूण्ा जनसमुदाय तथा पत्रकार मित्रहरुलाई आज वार्ता हुने कुनै समय निर्धारण नभएको र वार्ताका लागि समय निर्धारण भयो भनी सरकारी पक्षले प्रवाह गरेको सूचना झूटो भएको जानकारी गराएको छ।
    मारिएका आन्दोलनकारीहरुलाई सहिद घोषणा र क्षतिपर्ुर्ति, घाइतेहरुको उपचार, पक्राउ परेकाहरुलाई अविलम्ब रिहा पछि मात्र सरकारसंग वार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ ।
    विज्ञप्तिमा जनमत संकलनको थारु कल्याणकारिणी सभा विरोधी होइन । जनता तथा समुदायको धारणा बुझेर मात्र संविधान लेख्नर्ुपर्छ भन्दै जुन समुदायले अहिले नै आफ्नो सबैथोक गुमाउन लागेको छ त्यो समुदायले भविष्यमा बन्ने संविधानमा सुझाव दिन कसरी ध्यान दिनसक्छ - तर्सथ जनमत संकलन कार्यलाई हालका लागि स्थागित गरिनर्ुपर्छ । आदिवासी समुदायको माग पुरा भएपछि जनमत संकलन कार्यमा थारु कल्याणकारिणी सभाले संविधानसभालाई जुनसुकै किसिमको सहयोग गर्ने प्रतिबद्धता महामन्त्री राजकुमार लेखीले गरेका छन्।
    यसैवीच आज सांढे पांच बजे काठमाडौंको माइतीघर मण्डलामा शोकसभा आयोजना गरिएको जानकारी प्राप्त हुन आएको छ ।

    0 comments: