डिपीएसमा चित्रकला प्रतियोगिताको आयोजना

Posted on
  • Mar 7, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २४ फागुन/ दिल्ली पब्लिक स्कूल र वीरगञ्जमा महिलाहरुको पक्षमा काम गर्दै आएको संस्था ओमेन क्रियशन समूहले आयोजना गरेको अन्तर विद्यँलय चित्रकला प्रतियोगिता आज विद्यँलय परिसरमा सम्पन्न भयो।
    कार्यर्क्रमको औचित्य बारे जानकारी गराउ“दै विद्यँलयका प्रधानाध्यापक सी.वी.जदलीले विद्यँलय र अभिभावकको संयुक्त प्रयासमा आयोजित अन्तरविद्यँलय चित्रकला प्रतियोगिताको मुख्य अभ्रि्रायलाई केलाउनु पर्दा विभिन्न बालबालिकाहरुको अन्तर मनमा रहेको प्रतिभालाई उजागर गर्नु नै रहेको छ भन्नुभयो।
    ओमेन क्रियशन समूहकी अध्यक्ष मनिषा अग्रवालले आफनो संस्था महिलाहरुको पक्षमा मात्र क्रियाशील नभएर बालबालिकाहरुको र्सवाङ्गीण विकासको पक्षमा समेत दत्तचित रहेको बताउनुभयो। बालबालिकाहरुमा अनेकौं प्रतिभाहरु लुकेर रहेका हुन्छन्, त्यो लुकेर रहेको प्रतिभालाई हामी अभिभावक, शिक्षक तथा विद्यँलयले पहिचान गरी प्रस्तुत गर्ने परिपाटीको विकास गराउने अवसर प्रदान गर्नु पर्दछ। जसले गर्दा उनीहरुमा प्रतिस्पर्धाको भावना विकास भएर भविष्यमा अगाडि बढ्ने अवसर समेत सिर्जना गराउन सकिन्छ।
    चार समूहमा विभाजन गरी आयोजना गरिएको अन्तर विद्यँलय चित्रकला प्रतियोगितामा निर्ण्ाायकहरु रेखा मित्तल, संगीता लखौटिया र बी.आर. श्रेष्ठको अन्तिम निर्ण्र्ााो आधारमा मेरीगोल्ड समूहबाट डिएभी विद्यँलयका दर्षअग्रवाल प्रथम, सेन्ट जोन्स विद्यँलयका धीरज ठाकुर द्वितीय, विद्यँ सदन विद्यँलयका रेखा भण्डारी तृतीय र विद्यँ सदन विद्यँलयका कुसुम आराले सान्त्वना स्थान हासिल गरेका थिए। लालुपाते समूहबाट विद्यँ सदन विद्यँलयका पुष्पा कुमारी प्रथम, श्री आदर्श माध्यमिक विद्यँलयका मीनाक्षी यादव द्वितीय, सेन्ट जोन्स विद्यँलयका रुपा साह तृतीय र श्री आदर्श माध्यमिक विद्यँलयका नैनावती गर्गले सान्त्वना स्थान हासिल गरेका थिए। लालीगुरा“स समूहबाट मनकामना माध्यमिक विद्यँलयका श्याम गुप्ता प्रथम, मनकामना माध्यमिक विद्यँलयका मनिष मानन्धर द्वितीय, श्री आदर्श माध्यमिक विद्यँलयका सागर श्रेष्ठ तृतीय र सेन्ट जोन्स विद्यँलयका चा“दनी अग्रवालले सान्त्वना स्थान हासिल गरेका थिए। रजनीगंधा समूहबाट श्री आदर्श माध्यमिक विद्यँलयका रोहित पटेल प्रथम, ज्ञानज्योति विद्यँलयका सक्षम श्रेष्ठ द्वितीय, मनकामना माध्यमिक विद्यँलयकी आफरिन साबा तृतीय र मनकामना माध्यमिक विद्यँलयकी महिमा मुखियाले सान्त्वना स्थान हासिल गरेका थिए। प्रतियोगितामा उत्कृष्ट ठहरिएका प्रतियोगीहरुलाई विद्यँलय व्यवस्थापन समितिका पदाधिकारी भीखम चन्द अग्रवाल र सत्य नारायण अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो।
    कार्यक्रममा वीरगञ्ज नगर क्षेत्रका १२ वटा विद्यँलयका १२३ जना विद्यर्ँर्थीहरुले सहभागिता जनाएका थिए भने आयोजक विद्यालयले सहभागिता जनायो तर प्रतियोगितामा सहभागी भएन। विद्यँलयको आमन्त्रणमा विद्यँलय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक समितिका पदाधिकारीहरु, उद्योगी, समाजसेवी, प्रतियोगी विद्यँलयका प्रधानाध्यापक तथा शिक्षक-शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो। विद्यँलयको संगीत विभागद्वारा आयोजित गीत, नृत्य तथा एकांकी समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन विद्यँलयकी शिक्षिका भिजी रामप्रसादले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन विद्यँलयका प्रधानाध्यापक सी.वी.जदलीले गर्नु भएको थियो।

    0 comments: