सम्पादक विचित्रलाई ज्यान मार्ने धम्की

Posted on
  • Mar 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ फागुन/ साप्ताहिक पत्रिकाका सम्पादक शशि विचित्रलाई भारतीय अपराधी समूहले फोनबाट रकम माग गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।
    आज दिउंसो ४ः५२ बजे भारतीय अपराधी गिरोहका मुन्ना शर्माका मानिस भन्ने पप्पु शर्माले ९१९६३१८६४०८४ नंं. भारतीय मोबाइलबाट न्यू हाइवे, सिजन र वीरगंज कलेक्सन साप्ताहिकका सम्पादक एवं नेपाल आमसंचार मंच फोमन पर्साका वरिष्ठ उपाध्यक्ष, नेपाल राष्ट्रिय साप्ताहिक पाक्षिक मोर्चाका अध्यक्ष शशि श्रेष्ठ ँविचित्र’संग ३ लाख रुपियां नदिए ज्यान मार्ने धम्की दिएको उहांले जानकारी गराउनुभएको छ ।
    यसैवीच आजै नेपाल आम संचार मंच -फोमन) पर्सर्ाााखाका अध्यक्ष महेशचन्द्र गौतमले सो घटनाको कडा शब्दमा भर्त्सना गर्दै फोन धम्की दिने भारतीय अपराधीबाट शशि विचित्रको जीवनमा पर्न सक्ने खतराका बारेमा पर्ूवर्सतर्कता अपनाउन स्थानीय प्रहरी, प्रशासनसक्षम मांग गर्नुभएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ, पर्साका सदस्य एवं नारायणी टुडे तथा तर्राई टुडेका संवाददाता जगत राइमाथि पशुपति आदर्श शिक्ष्ँा मन्दिरका कर्मचारीहरुले अभद्र व्यवहार गरेकोमा नेपाल आमसंचार मंच पर्साले घोर भर्त्सना गरेको छ ।


    वीउमनपाको बजेट अवैधानिक

    वीरगंज, २५ फागुन/ गत माघ २३ गते वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टराइको अध्यक्षतामा सम्पन्न १२ औं नगरपरिषद कागजी रुपमा गरिएको आरोप लगाइएको छ ।
    आज महम्मद साहबुद्दिनले एक प्रेस विज्ञप्ति जारी गरी वीरगंज उपमहानगरपालिकाले गत माघ २३ गते नगरपरिषद गराइ आव २०६५/६६ को पारित बजेट अवैधानिक भएको ठहर गरेको हो ।
    सो नगर परिषदमा उपस्थित भएर पनि वाममोर्चाका दीपेन्द्र विसी र नेपाल मजदुर किसान पार्टर्ीी नसरुद्दिन मंसुरीले हस्ताक्षर गरेका थिएनन् । प्रेस विज्ञप्तिमा आफूहरु वीउमनपाका पार्टर्ीी्रतिनिधि रहेको तर परिषद नभएको हुंदा त्यस्को कडा विरोध गर्दछौं भन्नेहरु नगर परिषद कागज रुपमा सम्पन्न परिषदको विरोध गर्ने पार्टर्ीी किन चुपचाप बसेका छन् उल्लेख छ।
    विज्ञप्तिमा वीउमनपाले आन्तरिक श्रोत वृद्धि गर्न सवारी कर उठाउने निर्ण्र्ाागरी काम कारबाही सुरु गरेको छ । यो अघि ठेकेदारबाट प्रतिनिधि लगायत जिम्मेवार कर्मचारीहरुले नजराना बुझेको हल्ला सही सावित भएको भनिएको छ ।

    0 comments: