साप्ताहिक पत्रिकाका पत्रकारहरु संर्घष्ामा उत्रिए

Posted on
  • Mar 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ फागुन/ पेशागत संकटको महसुस गर्दै पर्सा जिल्लामा दर्ता भइ प्रकाशित भइरहेका साप्ताहिक समाचारपत्रमा कार्यरत पत्रकारहरुले संर्घष्ाको मोर्चा गठन गरेको छ। सरकार तथा निजी क्षेत्रबाट विज्ञापन सहयोग गर्दै आएको भेदभाव र पक्षपातको विरुद्ध सशक्त संर्घष्ा गर्ने घोषणा गरेको हो।
    आज बिहान घण्टाघरमा भेला भएका साप्ताहिक पत्रिकामा संलग्न संचारकर्मीहरुको भेलाले वीरगंज कलेक्सन साप्ताहिकका सम्पादक शशि विचित्रको संयोजकत्वमा साप्ताहिक पत्रिका संर्घष्ा मोर्चा गठन गरेका छन्। सो मोर्चामा संतोष शर्मा, दिपक गौतम, कुलनारायण प्रधान, उदयमान श्रेष्ठ, हिमाल शर्मा, शिवनारायण मिश्र, राजु साह, राजेश्वर कुशवाहा लगायत सदस्य रहेका छन्।
    साप्ताहिक पत्रिकामा आबद्ध संचारकर्मीहरुलाई संगठित पारी सशक्त ढंगले फागु पर्वको लगत्तै चरणबद्ध संर्घष्ाको कार्यक्रम संचालन गर्ने निर्ण्र्ाागरेको छ । पर्सा जिल्लामा करिब १२५ वटा साप्ताहिक पत्रिका दर्ता भएका र तीमध्ये ५० वटा नियमितरुपमा प्रकाशित छन् । नेपालको संचार क्ष्ँेत्रको विकासमा अहं भूमिका खेल्दै आएका साप्ताहिक पत्रिकामा आबद्ध संचारकर्मीहरुले यतिखेर पत्रकारिता पेशा संकटमा परेको अनुभूति गरी पेशागत प्रत्याभूतिका लागि नीतिगत संर्घष्ा गर्ने अठोट गरेका छन्।

    0 comments: