आगलागीबाट २ घर स्वाहा

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ चैत/ बाराको फेटा गा.वि.स.-१ जगतपुर निवासी हदीस मियां, सदिस मियांको २ वटा फुसको घरमा आज बिहान १ः३० बजे आगलागी हुंदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । प्रहरी, स्थानिय बासिन्दा र दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको थियो।

    अज्ञात समूहद्वारा बम विस्फोट

    धनुषा, ८ चैत/ अज्ञात समूहले जनकपुरमा बम विस्फोट गराएको छ। शुक्रवार राति ७ः३५ बजे जनकपुर -९ थापाचोकमा अज्ञात समूहले सुतली बम पड्काउदा पार्कीङ गरि राखेको बा.५.च.३१९८ नं.को मारुती कारको सिसा फुट्नुको साथै पसल अगाडी मट्टीतेल राखेको ड्रममा क्षति भएको छ।
    बम पडकाउने व्यक्ति फरार रहेको र खोजतलास जारी रहेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

    0 comments: