दर्ुघटनामा १ को मृत्यु, १० जना घाइते

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • मकवानपुर, ८ चैत/ पर्ूव-पश्चिम महेन्द्र राजमार्गमा दुइ ट्रक एकआपसमा ठक्कर खांदा ९ जना घाइते भएका छन्।
    आज बसामाडीको तीन ताप्के भन्ने स्थानमा ना. ३. ख.६४७५ नंं.को ट्रक र विपरीत दिशाबाट आएको ना.३.ख.८९३८ नं.को ट्रक एकआपसमा ठक्कर खांदा दुवै ट्रकमा रहेका यात्रुहरु र्घाईते भएका हुन् ।
    घाइतेहरुको उपचार हेटौडा अस्पतालमा भइरहेकोमा ७ जनालाई थप उपचारको लागी भरतपुर अस्पतालमा रेफर गरिएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ।
    यसैगरी शुक्रवार धादिङको धुसा-१ कृष्णभिरमा बा.२६.प.६६१० नं.को मोटरसाइकल दर्ुघटनाग्रस्त हुंदा २ जना घाइते भएका छन्।
    घाइतेमध्ये रामहरी कंडेलको राति ६ बजे काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ।

    चटयाङबाट १ को मृत्यु, ५ घाइते

    मकवानपुर, ८ चैत/ दामन र बुढीचौरमा चटयाङ पर्दा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
    शुक्रवार राति ९ः३० बजे बुढीचौर-७ मच्छे डांडामा चट्याङ पर्दा ५ जना र्घाईते भएको छन् । घाइते हुनेहरुमा मिनाकुमारी पुडासैनी लगायत चार जना रहेका छन् । घाइतेहरुको स्थानीय मेडिकल भिमफेदीमा उपचार भइरहेको छ ।
    शुक्रवार दामन-७ ठूलो माफु बस्ने अवकल बहादुर बल आफनै घरको भर्‍याङबाट ओर्लने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ।

    0 comments: