संविधान लेख्ने जिम्मा पत्रकारहरुको कांधमा- अध्यक्ष झा

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी, ८ चैत । नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रमेन्द्र झाले संविधान लेख्ने जिम्मा अब नेपाली पत्रकारहरुमा आएको वताउनु भएको छ।
    जनताको आवाजलाई राज्यसम्म पुर्याउने काम गर्दै आएका पत्रकारहरुमा अब संविधान लेख्ने जिम्मा पनि भएको हुंदा पे्रस स्वतन्त्रता संविधानको प्रस्तावानामै लेखिनु पर्ने वताउनु भयो। पत्रकार महासंघले शुरु गरेको चौथा चरणको आन्दोलनका कार्यक्रम एवं नवलपरासीका पत्रकारहरुको अवस्थाका वारेमा जानकारी लिन आज परासी आउनु भएका अध्यक्ष झाले सो कुरा वताउनु भएको हो।
    राज्यले दण्डहिनतालाई प्रोत्साहन गरि प्रेसमाथि आक्रमण गर्ने दोषीलाई कारवाहि गर्नेतर्फचासो नदेखाएको वताउंदै अध्यक्ष झाले सरकारले पत्रकारहरुका मांग पूरा गर्नेतर्फचासो नदिएको हंुदा आवश्यक परे सरकारलाई घुंडा टेकाउने आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहांलेे सरकारले चैत्र १८ गतेसम्म मांग पूरा नगरे कडा आन्दोलन गर्ने पनि चेतावनी दिनुभयो। पत्रकारहरुसंगको भेटघाटपछि रेडियो परासीको अवलोकन गर्दै अध्यक्ष झाले सरकारले लाठी सांस्कृतिको विकास गरि पत्रकारहरुको व्यवसायिक सुरक्षा गर्न नसकेको वताउनु भयो। अहिले पत्रकार र राजनीतिककर्मी छुट्टाउन गाह्रो परेको वताउदै उहांले पत्रकारले राजनीति र राजनीतिकर्मीले पत्रकारिता नगर्न पनि आग्रह गर्नुभयो।
    महासंघका केन्द्रिय कोषाध्यक्ष रमेश विष्टले सरकारले पेशागत सुरक्षा गर्न नसकेको वताउदै अव हुने आन्दोलन शसक्त हुने वताउनु भयो।
    महासंघका केन्द्रिय सदस्य पुण्य पौडेलले पत्रकारिताको अवस्थालाई सुरक्षित र मर्यादित वनाउन आन्दोलन शुरु गरेको वताउनु भयो। नेपाल पत्रकार महासंघमा भएको कार्यक्रम, महासंघ नवलपरासी अध्यक्ष कृष्ण वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

    0 comments: