साप्ताहिक, पाक्षिकहरुको समस्या

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ चैत/ पर्सा जिल्लामा साप्ताहिक पाक्षिक समाचारपत्रले झेल्नुपरेको विविध समस्याको समाधानका बारेमा अध्ययन गर्न एक कार्यदल गठन गर्ने भएको छ।
    आज वीरगंजमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपेन्द्र चौहानले अध्यक्षता गरेको भेलामा उपस्थित पत्रकारहरुहरुले साप्ताहिक पाक्षिक पत्रिकाले भोग्नुपरेको विभिन्न संकटका बारेमा विभिन्न विचारहरु प्रकट भएका थिए।
    पर्सा जिल्लामा १२५ वटा साप्ताहिक, २ वटा अर्ध साप्ताहिक, ५ वटा पाक्षिक, १६ वटठा दैनिक, ५ वटा एफएम रेडियो र एकवटा टेलिभिजन छन्। १२५ वटा साप्ताहिक मध्ये नियमित प्रकाशित २५ वटा मध्ये प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १५ वटा परेका छन् । दैनिकमा प्रतीक बाहेक अन्य दैनिक प्रेस काउन्सीलको वर्गीकरणमा परेका छैनन् ।
    नेपाल पत्रकार महासंघ पर्सर्ाााखाको कार्यसमितिको बैठकले राष्ट्रिय साप्ताहिक पाक्षिक संजालसंग सहकार्य गरेर साप्ताहिक पाक्षिक पत्रिकाको बारेमा अध्ययन गरी एक प्रतिवेदन तयार पार्न पहल गर्ने भएको छ।
    यसैवीच राष्ट्रिय साप्ताहिक पाक्षिक मोर्चाको आज बसेको नियमित बैठकमा मोर्चाका अध्यक्ष शशि विचित्रले पर्सर्ााजल्लाका साप्ताहिक, पाक्षिक, समाचार पत्रको हकहितको लागि जस्तोसुकै कठिन संर्घष्ा गर्ने प्रतिबद्धता जनाएका छन्।

    0 comments: