विभिन्न स्थानमा सडक दुर्घटना, १ जनाको मृत्यु, कयौं घाइते

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • रौतहट, ७ चैत/ महेन्द्र राजमार्गको चांदीपुलमा गाडी पल्टिदा एकजना घाइते भएका छन् ।
    सडकखण्डमा आज बिहान ८ः४५ बजे चन्द्रनिगाहपुरको चांदीपुल नजिक जनकपुरबाट गौरतर्फआउंदै गरेको ना.२ ख.३७१७ नं.को बस पल्टिदा यात्री कुमार राउत सामान्य र्घाईते भएका छन् । घाइतेको उपचारको लागी चन्द्रनिगाहपुरतर्फपर्ठाईएको प्रहरीले जनाएको छ।
    त्यसैगरी त्रिभुवन राजपथको धादिङ, थाक्रे गा.वि.स-८ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
    आज विहान १० बजे बीरगंजबाट काठमाडौतर्फ जांदै गरेको ना २ ख ८१०३ नं.को ट्रकले हेटौंडा तर्फजांदै गरेको बा ३ प ८७३४ नं.को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक बर्ष२५ को दिपक र्राई र्घाईते भएका हुन् । घाइतेको उपचारको लागि काठमाडौं पठाइएको छ भने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
    त्यसैगरी आज बिहान ११ः५५ बजे पोखरातर्फजांदै गरेको बा ४ प २२०१ नं.को मोटरसाइकल बैरेनी-८ गल्छीमोडको नालीमा खसेपछि मोटरसाइकलमा सवार ३ जना र्घाईते भएका छन् । र्घाईतेहरुलाई उपचार्रार्थ पोखरा तर्फपठाउने तयारी भइरहेको छ।
    त्यसैगरी आज बिहान ०३ः४५ बजे चितवनको दाह्रेचोक-३ केवुलकार भन्ने स्थानमा ना.३.ख. ८४०६ नं.को ट्रक त्रिशुलीमा खस्दा १ जनाको मृत्यु हुनुको साथै २ जना घाइते भएका छन् । दर्ुघटनामा परी नाम थर वतन नखुलेको १ पुरुष रहेका छन्।
    ट्रकमा सवार रुपन्देही पडसरी-१ बस्ने बर्ष२५ को र्सर्ुय न्यौपाने, ट्रक चालक पाल्पा, कुसुम खोला-९ बस्ने गोबिन्द राउत घाइते भएका छन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीले उद्धार कार्य जारी राखेको छ।
    बिहीवार पर्सा गाविस नजिक जलेश्वर - जनकपुर सडकखण्डमा ज.२ प.५६२९नं.को मोटरसाइकल र ज.२ प.८०३४ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खांदा महोत्तरी खोपी-५ बस्ने उमेश दास र ससी कु. सिंह र्घाईते भएका छन्।
    घाइतेको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने ज.२प.८०३४नं.को मोटरसाइकल चालक जनकपुर न.पा.-६ बस्ने सगुधन ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    0 comments: