बन्दको विरोधमा सडकमै अध्ययन

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    अपडेट
    परासी, २६ फागुन । बन्दका कारण पठनपाठन प्रभावित भएको जनाउ्रंदै नवलपरासीका विद्यार्थीहरुले आज सडकमा बसेर अध्ययन गरेका छन्।
    वन्दको वेला शैक्षिक संस्था खुला हुनुपर्ने र वन्दका कारण विर्द्यार्थीहरुको पठनपाठन प्रभावित भएको जनाउदै अक्सफोर्ड इंगलिस स्कूल स्वाठीका विद्यार्थीहरुले आज सडकमै वसेर अध्ययन गरेका हुन्।
    वन्द आव्हानकर्ताले कावासोतीमा रहेका सम्पर्ूण्ा सरकारी कार्यालय वन्द गराएका छन्। वन्दका कारण इलाका प्रशासन कार्यालय, नापी शाखा लगायत सरकारी कार्यालयको कामकाज ठप्प भएको छ।
    उता वन्द आव्हान कर्ताले शुक्रवार देखि सरावल, तिलकपुर, पंचनगर र मनरि गाउं विकास समितिको कार्यालयमा गरेको ताला वन्दीका कारण गाविसको काम काज ठप्प भएको छ भने सदरमुकाममा रहेका सरकारी कार्यालयमा समेत सेवाग्रहीको उपस्थिति शून्य रहेको छ ।
    बन्दका कारण जिल्ला विकास समितिको इलाका स्तरीय योजना तर्जुमा गोष्ठी र संविधान निर्माणका लागि राय सुझाव संकलन गर्न आएका सभासदहरुले पनि सुझाव संकलन कार्य वन्द गरेका छन्। त्ययस्तै अनिश्चित कालिन बन्दकोेे अवज्ञा गरेको भन्दै नवलपरासीमा दर्ुइ वटा एम्बुलेन्स सहित चार वटा सवारी साधनमा तोडफोड गरिएको छ ।
    यसैवीच जातिय पहिचानका लागि थारु जातिहरुले शुरु गरेको आन्दोलमा एमाले सुनवल गाउं कमिटीले र्समर्थन जनाएको छ।
    एमाले सुनवल कमिटीका सचिव राजन आचार्यद्वारा जारी विज्ञप्तीमा सरकारले अध्यादेश फिर्ता लिइ समस्या समाधान गर्न मांग गरेको छ।

    0 comments: