सम्पादक विचित्रलाइ ज्यान मार्ने धम्कीको घटनाप्रति फोमनको भर्त्सना

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ फागुन/ न्यू हाइवे, वीरगंज कलेक्सन र न्यू सिजन साप्ताहिकका सम्पादक एवं नेपाल राष्टिूय साप्ताहिक मोर्चा पर्सा जिल्लाका अध्यक्ष र नेपाल आम संचार मंच पर्सा शाखाको उपाध्यक्ष शशि विचित्रलाई भारतीय अपराधी मुन्ना शर्मा गिरोहका पप्पु शर्माद्वारा रकम मांग गरी नदिए ज्यान मार्ने धम्की दिएप्रति नेपाल आम संचार मंच पर्साको गम्भीर ध्यानाकर्षा भएको छ ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी पर्सा प्रहरी प्रशासनको फितलो सुरक्ष्ँा व्यवस्थाप्रति सशंकित जिल्लावासीहरूमा यसरी भारतीय अपराधीले खुलेयाम राष्टूको चौथो अंग संचारकर्मीलाई धम्की दिनु विडम्बनापर्ूण्ा रहेको ठहर गरेको छ ।
    यसअघि पनि संचारकर्मीहरू मुलुकभित्रै विभिन्न पक्षबाट असुरक्ष्ँित रहंदै आएकोमा अब आएर विदेशी अपराधीहरूसंग समेत तर्सिनुपर्ने बाध्यतात्मक स्थिति आउनु भनेको राज्यको सुरक्ष्ँा निकायको निकम्मापन सिवाय अन्य केही होइन । यस विषयमा स्थानीय प्रहरी प्रशासनलाई छिटोभन्दा छिटो दोषीलाई कारबाही नगरे मोर्चाद्वारा कडा विरोधका कार्यक्रम गर्न बाध्य हुने फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतमले चेतावनी दिएका छन्।

    0 comments: