धमलालगायत तीन पत्रकारलाई थुनामा राखिएकोमा मन्त्रीहरुको आपत्ती

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, २६ फागुन/ मन्त्रिपरिषद बैठकमा रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई र्पुपक्षका लागि थुनामा राखिएकोमा मन्त्रिहरुले आपत्ती जनाएका छन् । मधेशी जनअधिकार फोरमका तर्फबाट मन्त्री भएका कृषिमन्त्री जयप्रकाश प्रसाद गुप्ता, भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदार, आपूर्तिमन्त्री राजेन्द्र महतोलगायतले थुनामा राखिएकोमा आपत्ती जनाएका थिए ।
    अदालतमा लाने प्रक्रियामा ढिलाई गरेर थुनामै राख्नुले गलत सन्देश गएको भन्दै गुप्ताले अपराधमा संलग्न भएको भए अदालती कारबाहीबाट पुष्टि गर्नुपर्ने होइन भने थुनामा राख्न नहुने तर्क गरेका थिए । स्रोतका अनुसार मन्त्रीहरुले पत्रकारहरुलाई लामो समय थुनामा राख्दा गलत सन्देश जानसक्नेतर्फ सचेत गराएका थिए ।
    भूमिगत रणवीर सेनामा संलग्न रहेको अभियोमगा धमलासहित पत्रकार वीरेन्द्र केएम र शुभक महतोका अलावा मधेश राष्ट्र् जनतान्त्रिक पार्टीका उपत्यका इञ्चार्ज मनोज मेहता विनायकलाई र्पुपक्षका लागि भन्दै थुनामा राखिएको छ । उनीहरुले आफूहरुलाई हिरासतमा प्रहरीले निर्ममतापर्ूवक कुटेको बताइसकेका छन् । संचारकर्मीको जिज्ञासामा करेन्ट लगाइएको खुलासा समेत गरेका छन् । पत्रकारको प्रश्नमा निर्ममतापूर्वक यातना दिएर झूटो बयान दिन लगाइएको बताएका हुन् । पत्रकार वीरेन्द्र केएमले हात र खुट्टाको औंलामा करेन्ट लगाइएको बताए । महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकाका उच्च प्रहरी अधिकृतहरु बसेर यातना दिइएको बताए । केएमले भने करेन्ट लगाएर मार्ने धम्की समेत दिइयो ।

    0 comments: