एम्बुलेन्स चालकहरुद्वारा १५ दिनका लागि आन्दोलन स्थगित

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ फागुन/ एम्बुलेन्स चालकहरु अनिश्चितकालीन आन्दोलन स्थगित गरेका छन् । आज वीरगंजमा रिपोर्र्टर्स क्लब नेपाल पर्साको साक्ष्ँात्कार कार्यक्रममा पत्रकारसामू एम्बुलेन्स चालकहरुले १५ दिनको लागि आन्दोलन स्थगित गरेका हुन् । एम्बुलेन्स चालकहरुले शान्ति सुरक्ष्ँासहित एम्बुलेन्स संचालन गर्न, एम्बुलेन्सको तोडफोड गर्नेलाई कारबाही र क्ष्ँतिपर्ूर्तिको मांग राख्दै सम्पर्ूण्ा कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए।
    १५ दिनभित्र पनि सरकारले मागहरु कार्यान्वयन नगरे देशभरिका एम्बुलेन्स सेवाहरु ठप्प पार्ने चेतावनीसमेत दिएका छन् । एम्बुलेन्समाथि पुनः तोडफोड भए भोलिदेखि आन्दोलनमा उत्रिने एम्बुलेन्स चालकहरुले चेतावनीसमेत पत्रकार सम्मेलनमार्फ दिएका छन्।
    आज १ः३० बजेदेखि वीरगंजको घण्टाघरमा अवरुद्ध सडक सुचारु भएको छ।

    0 comments: