लिङकन स्कूलले मूर्ती चोर्ने

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in

  • भक्तपुर, २६ फागुन/ भक्तपुर बिश्व सम्पदा क्षेत्रमा रहेका मर्ुर्तिहरु काठमाण्डु रविभवनमा रहेको लिङकन स्कूलले मूर्ती चोरी गर्ने गरेको आशंका उब्जिएको छ। लिङकन स्कूल काठमाण्डुमा बसोबास गर्ने बिदेशी बिद्यार्थीहरु पढ्नेे स्कुल हो। यो स्कूलमा उमाबि तहमा पढ्ने बिद्यार्थीहरुले फागुन २३ गते भक्तपुरमा रहेका बिभिन्न मन्दिरका मूर्तीहरुको नजिकबाट फोटो खिचेर लगेको कारण स्थानीयबासीले ती मूर्तीहरु चोरिने आशंका गरेका हुन।
    हनुमानघाट नेपालको सबैभन्दा ठुलो शिवलिंग रहेको स्थान हो। यहां पनि गत जेठमा बिदेशी बिद्यार्थीहरु आएर फोटो खिंचेर लगेका थिए। त्यसपछि यहां रहेका मूल्यवान र अद्वितीय कलाकृति हराएका छन्। हाल शिवलिगलाइ घेरिएका बाह्र वटै मूर्ती चोरी भइसकेको छ। अरु पनि मूर्ती चोरी भएका छन् बांकी रहेका मूर्तीहरु पनि आउने दिन चोरी हुन सक्ने सो क्षेत्रमा रहेको श्री बालसेवक निमाबिका भूपू बिद्यार्थी र्सजु बिश्वकर्मा बताउंछन्। शुक्रवार हनुमानघाटको धारामा पानी लिन आउंदा लिङकन स्कूलका साठीजनाभन्दा बढी बिद्यार्थीहरुले मूर्तीहरुको फोटो खिंचिरहेको देखेपछि र्सजुले मूर्ती चोरी हुने शंका गरेका हुन्।
    फोटो खिच्नुको बास्तबिक उद्देश्य ती बिद्यार्थीहरुले बताएनन्। अरु बेला सो स्थानमा दिनभर नै प्रहरीहरु तैनाथ हुन्थे। तर त्यस दिन त्यहां कुनै पनि सरकारी सुरक्षाकर्माहरु देखिएनन्। यसबाट माथिलो तहसंगको मिलोमतोमा नै लिङकनका बिद्याथीहरु भक्तपुर आएको स्पष्ट हुन्छ। दिउंसो एक बजे त्यहां आइपुगेका बिद्यार्थीहरु सांझ पांच बजे पछि मात्र त्यहांबाट हिंडेको थिए। यति लामो समयसम्म त स्थानीयबासिन्दा समेत त्यहां्र बस्दैनन्।
    बिदेशीहरुको शंकास्पद उपस्थितिको बारेमा भक्तपुर नगरपालिकालाइ जानकारी गराइएको थियो। त्यसपछि भनपा कर्मचारी युनियनका नेताहरु त्यहां हाजिर भए। तर तिनीहरुले शंकास्पद ब्यक्तिहरुको बारेमा खासै सोधखोज गरेनन्। हाम्रो पर्ूखाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति नारा दिएर बसेको नपाको यस्तो चालाले भने स्थानीयबासिन्दाहरु सम्पदा संरक्षण गर्नमा निरुत्साहित भएका छन्।
    लिङकन स्कुलले त्यस दिन भक्तपुरका दरवार क्षेत्र र पाँचतले मन्दिर क्षेत्रमा रहेका मन्दिरका मर्ुर्ति र कलाकृतिहरुको पनि फोटो खिचेका छन्। त्यस दिन स्कूल पांचतले मन्दिरको पछाडिपट्टी रहेको नेवा गेष्ट हाउसमा बास बसेका थिए। सम्पदा क्षेत्रमा रहेको स्थानमा बिश्व अन्य भागमा पर्यटकलाइ बास दिने चलन छैन त्यसैले त्यहांका सम्पदा सुरक्षित छन। तर यहां भने पुरा छूटका साथ पर्यटकलाइ सम्पदा भित्र नै बास दिइन्छ। स्रोत- रविन राचलिका हरीत समूह भक्तपुर

    0 comments: