एम्बुलेन्स र ट्रक तोडफोड, चार पक्राउ, नवलपरासीको जनजीवन प्रभावित

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज-पथलैया सडक खण्डमा सडक अवरुद्ध गर्दै प्रदर्शनकारीहरु ।

    हरि शर्मा
    नवलपरासी, २६ फागुन । थरुहट संर्घष्ा समितिद्वारा आह्ान गरिएको अनिश्चितकालीन बन्दकोेे अवज्ञा गरेको भन्दै नवलपरासीमा दुइ एम्बुलेन्ससहित तीन सवारीसाधनमा तोडफोड गरेको छ।
    आज एम्बुलेन्समा यात्रुहरु वोकेको भन्दै वन्द आव्हानकर्ताले पर्ूववाट पश्चिमतर्फजांदै गरेको लु १ च २१६१ नम्बरको एम्बुलेन्सलाई प्रगतिनगर र सोही दिशातर्फजांदै गरेको लु १ च २१६ नम्बरको एम्बुलेन्सलाई रजहरमा तोडफोड गरी क्षत्रि्रस्त वनाएको प्रहरीले जनाएको छ। एम्बुलेन्स तोडफोड गर्नै चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दिव्यपुरी ९ का अमर कार्की, बुद्धिराम महतो, सुनवल मंझरीयाका निमप्रसाद महतो र पिठौली-७ का कमल महतो रहेका छन्।
    पर्ूववाट पश्चिमतर्फजांदै गरेको ना ३ ख ४५४ नम्वबरको ट्रकलाई रजहरमा तोडफोड गरिएको छ । आठौ दिन सम्म बन्द कायमै रहंदा नवलपरासीको जनजीवन प्रभावित वन्न पुगेको छ। बन्दले दिन प्रतिदिन जनजीवन अस्तव्यस्त बन्दै गएको छ।
    बजार वन्द रहेका कारण स्थानियवासी दैनिक उपभोग्य सामाग्री वाट समेत वंचित छन । बन्दका कारण नवलपरासीमा रहेका उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, पसल व्यवसाय पर्ूण्ारुपले ठप्प छन् भने राजमार्ग र सहायक वाटो समेत सवारी साधन चल्न सकेका छैनन्। दिन प्रतिदिन वन्द खुला हुने भन्दा झन भन्दा झन कडा हंुदै गएको छ।

    0 comments: