एक ट्रयाक्टर गांजा पक्राउ

Posted on
  • Mar 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ फागुन/ भारततर्फ बिक्री गर्न लैजान लागेको एक टैक्टर गांजा पर्सा प्रहरीले पक्राउ गरेको छ।
    गए राति स्पष्ट नम्बर प्लेट नभएको, चेचिस नं. ०३१०जेड इ ३५६८९ र इन्जिन नं. ३०९७ एफ पी ३२ जे ३५९१८ को ट्रयाक्टर र बीआर २९ सी ७८१६ नंंको मोटरसाइकल सशस्त्र प्रहरी बलको गस्ती टोली पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सामा गए राति ११ बजे बुझाएको हो।
    सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प वीरगंजका डिएसपी समर श्रेष्ठको टोलीले गांजा पक्राउ गरेको हो। टैक्टरका चालक भने फरार भएका छन्। मेशिनले च्यापेर बोरामा प्याक गरिएको सो बरामद भएको गांजा २० लाख मूल्यको हुने अनुमान गरिएको छ।

    एक मधेश एक प्रदेश अस्वीकार

    वीरगंज, १९ फागुन/ नेपाली कांग्रेसका महामन्त्री एवं संविधानसभा सदस्य विमलेन्द्र निधिले एक मधेश-एक प्रदेशको नारालाई कांग्रेसले अस्वीकार गर्दै आएको दाबी गरेका छन्।
    आज नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै उनले मग्र मधेश एक प्रदेशबारे संयुक्त मधेशी मोर्चासंगको आठ बुदे संझौतामा सहमति नभएको खुलासा गरे। ँमोर्चासंग स्वायक्त मधेश प्रदेशको सम्झौता मात्र भएको छ उनले भने समग्र मधेश एक प्रदेशले मधेशीलाई नै अहित हुने छ।
    निधिले कांग्रेस राष्ट्रपति प्रणालीको विरुद्धमा उभिएको र कार्यकारी अधिकार सहितको प्रधानमन्त्री पद्धतिको पक्षमा रहेकोमा जोड दिदै भने मानव अधिकार सहितको संसदीय प्रणालीको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुनर्ुपर्छ।
    नेपाल प्रेस युनियन पर्साका अध्यक्ष्ँ युवराज खडकाले सभापतित्व गर्नुभएको साक्ष्ँात्कार कार्यक्रममा संविधानसभा सदस्य ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्साका पर्ूव सभापति राजेन्द्रबहादुर अमात्यलगायतको उपस्थिति थियो।
    संविधान निर्माणका लागि जनताको राय सुझाव संकलन गर्ने क्रममा निधि वीरगंज आएका हुन्।

    0 comments: