सरकारले प्रेसलाई आतंकित बनाउंदैछ- कांग्रेस उपसभापति पौडेल

Posted on
  • Mar 2, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, १९ फागुन/ नेपाली कांग्रेसको शिर्षनेतृत्वले माओवादी सरकार प्रेस स्वतन्त्रताको दमन गरी अधिनायकवाद लाद्न उद्यत रहेको बताएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा आज भएको शिर्षनेतृत्वको छलफल पछि पत्रकारहरुसंग बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पत्रकार ऋषि धमलालाई सरकारले फसाउन अनेक प्रपञ्च रचेको बताउनुभयो । सरकार धमलालाई फसाएर प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको पौडेलको भनाइ थियो । सरसरले गलत नियतवस धमलालाई फसाउन षडयन्त्र गरेको बताउंदै पौडेलले भन्नुभयो-सरकार छोरी कुटेर बुहारी तर्सर्ाा खोज्दैछ । पत्रकारको को संग सर्म्पर्क हुंदैन - स्वतन्त्र पत्रकारले जो संगपनि फोनका कुरा गर्न सक्छ । सरकारले माओवादीलाई आतंककारीको बिल्ला लगाउंदा पनि पत्रकारहरुले माओवादीसंग फोन सर्म्पर्क गरेका थिए, त्यतिबेला सरकारले पत्रकारमाथि यस्तो ज्यादती गरेको थियो त - प्रश्न गर्दै पौडलले भन्नुभयो-सरकारले धमलामाथि लगाएको झुटा आरोपलाई सन्देहको घेरामा राखेको छ । प्रेसलाई आतंकीत पार्ने र अधिनायकबाद लाद्ने नियतले यी सबै काम भएको उहांको आरोप थियो । स्वतन्त्र प्रेसमाथिको ज्यादती रोक्न कांग्रेसले एक दर्ुइ दिनमा नै पत्रकार सम्मेलन गरी सबैकुरा र्छलंग पार्ने बताउनुभयो ।
    बैठकपछि कांग्रेसका वरिष्ठ नेता एवं पर्ूर््व प्रधानमन्त्री शेरबहादुर देउवाले धमलाको विषयलाई लिएर शिर्षभेलामा गम्भिर छलफल भएको बताउनुभयो ।

    0 comments: