वीरगंज, २० फागुन/ दलित, जनजाति पार्टीका जनवर्गीय संगठनहरूको दर्ुइदिने साझा राष्ट्रिय महाधिवेशन सुरु भएको छ। आज वीरगंजको मधेशी शहीद पार्क, घण्टाघरमा हुने सो महाधिवेशनमा नेपाल र भारतका मन्त्रीहरु सहभागी हुने छन्।
सो राष्ट्रिय महाधिवेशनको सम्पर्ूण्ा तयारी पूरा भएको आयोजक दलित जनजाति पार्टीका अध्यक्ष तथा संविधानसभा सभासद विश्वेन्द्र पासवानले बताए।
तर्राईमा बसोबास गर्ने दलितहरूले मधेशीकरणको विरोध गर्दै आएका छन्। एक मधेश-एक प्रदेशको विरोधमा दलित, जनजाति पार्टी पनि खरोरूपमा प्रकट भएको छ। तर्राईका १९ जिल्लाका करिब एक हजार दलित जनजातिको प्रतिनिधित्व सो महाधिवेशनमा हुने अयोजकले बताएका छन्। नेपालका दलित, जनजाति, आदिवासी, महिला मधेशी, पिछडावर्ग, मुस्लिम समुदाय लगायतको उत्थान गर्न दलित जनजाति पार्टी गठन भएको अध्यक्ष पासवानको भनाइ छ।
साझा सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गर्न भारतको लोक जनशक्ति पार्टीका राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय इस्पात मन्त्री रामविलास पासवान आज विहान १० ः४० बजे त्रिभूवन विमानस्थल आईपुग्ने पासवानले बताएका छन्।
चन्दाको धन्दा बन्द गराउन हातेमालो गर्ने
वीरगंज, २० फागुन/ वीरगंजमा रहेका रेस्टुरेन्टहरुले विकृति फैलाएको आरोप लगाउंदै रेस्टोरेन्ट बन्द गराउन नगवामा संर्घष्ा समिति गठन भएपछि पर्सा रेस्टुरेन्ट एवं वार व्यवसायी संघ केन्द्रीय कार्यालय वीरगंजले आज एक प्रेस विज्ञप्ति जारी गरी विज्ञप्तिमा रेस्टुरेन्टमा कार्यरत कामदारहरु पनि सामाजिक प्राणी भएको बताउंदै विकृति फैलाउने कार्य नगरेको जानकारी गराएको छ।
विज्ञप्तिमा सम्बन्धित निकायबाट कानुन बमोजिम इजाजत लिई कर तिरेरे व्यापार संचालन गरी सयौं कामदारहरुले पेट पालिरहेको बताइएको छ। कसैको व्यक्तिगत रिसइवीले सम्पर्ूण्ा रेस्टुरेन्ट बन्द गराउनु राम्रो कुरा नभएको र नगवा घुसुकपुर टोल निवासी मानती देवी कर्ुर्मीन भन्ने चन्दा यस संघको सदस्य नरहेको जानकारी गराएको छ। चन्दाको धन्दाबारे नगरवासीलाई थाहा भएकै कुरा हो। यस संघबाट स्वयं चन्दाको धन्दा बन्द गराउनेतर्फनगवाका संर्घष्ा समितिसंग हातेमालो गर्न चाहेको पर्सा रेस्टुरेन्ट एवं वार व्यवसायी संघका महासचिव सत्यम खडगीले जानकारी गराएको छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment