थारु समुदायको बन्दको कारण बारा, पर्सा र रौतहट प्रभावित

Posted on
  • Mar 2, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ फागुन/ थारु कल्याणकारी सभाले विभिन्न मांग राख्दै आह्वान गरेको तीन दिने मधेश बन्दको पहिलो दिन बारा, पर्सा र रौतहटको जनजीवन प्रभावित भएको छ।
    वीरगंज बजारमा बन्दको कुनै प्रभाव नपरे पनि लामो तथा छोटो दुरीको सवारीसाधनहरु ठप्प भएका छन्। औद्योगिक कोरिडोरमा रहेका उद्योग, कलकारखानाहरु पनि बन्द भएका छन्। थारुहरुले शिक्षण संस्थाहरुमा बन्द नगर्ने जनाएका छन्।
    यसैगरी आज मध्यान्ह १२ बजेदेखि बाराको जीतपुर-३ स्थित सडक अवरोध गरेका छन् भने बिहान ८ बजे रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योती बहुमुखी क्याम्पसबाट थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष जयनारायण चौधरी र सदस्य सुन्दर चौधरीको नेतृत्वमा निस्किएको जुलुसले हाईवेमा सडक अवरुद्ध गर्नुको साथै पसलहरु बन्द गराएका थिए। जुलुस निकाली बजार परिक्रमा गरिरहेको।
    पर््रदर्शनकारीहरुले थारु राज्य कायम गर, थारु जातीलाई मधेसी जातीमा समावेस गर्न पाईदैन, प्रचण्डपथ मर्ुदावाद लगायतको नारा लगाएका थिए।

    बम विस्फोटमा परी दर्ुइजना घाइते

    पर्सा, १९ फागुन/ वेवारिसे बम विस्फोटमा परी दर्ुइजना घाइते भएका छन्।
    आइतवार सांझ ४ः४५ बजे सि.पा. नाम्लाङ गा.वि.स.बस्ने बर्ष३२ को रवि गुरुङ, निर्मल बस्ती-१ रामपुर निवासी तेज ब. गुरुङको घरमा नजिकै गहुंबारीमा शंकाश्पद वस्तु हेरेपछि उठाउन खोज्दा विष्फोट भई बायां हातमा र्छरा लागि घाइते भएका हुन्।
    घाइतेको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने बम राख्ने व्यक्तिको खोजतलास भइरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

    छुट्टाछुट्टै सडक दर्ुघटनामा १ जनाको मृत्यु, १२ जना घाइते

    बारा, १९ फागुन/ बसको ठक्करबाट एक अपरिचित व्यक्तिको मृत्यु भएको छ।
    आइतवार राति ७ः५५ बजे सपही-४ स्थितमा ज.१ ख.१५४८ नं.को बसले नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष३५ को पुरुषलाई ठक्कर दिंदा घटनास्थलमा नै उनको मृत्यु भएको थियो।
    लासलाई पोष्टमार्टमको लागि वीरगंजस्थित नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा पठाइएको छ भने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।
    यसैगरी धादिङमा माइक्रोबसको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्।
    आज बिहान ८ः४० बजे नौबिसे ५ मा बा.१ ज.९६०८ नं. को माईक्रो बसले सोही ठाउं निवासी प्रेम ब. कुंवरको १० वषर्ीय छोरा श्याम कृष्ण कुंवरलाई ठक्कर दिंदा र्घाईते भएका हुन्। घाइतेको उपचार काठमाडौंमा भइरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
    यसैवीच रोकिराखेको बम अचानक गुडेर खोलामा खस्दा दा ११ जना घाइते भएका छन्।
    आइतवार राति ९ः४५ बजे भुमेस्थान ६ मा ना.३ ख.५४५७ नं.को बस अचानक गुड्न गई सडकबाट ५० मिटर तल खोलामा खस्दा घाइतेमध्ये ७ जना सामान्य र ४ जना चिन्ताजनक अवस्थामा रहेका छन्। घाइते चारजनाको उपचारको लागि काठमाडौं पठाइएको छ भने बस चालक फरार भएका छन्। चालक फरार रहेको।

    ढुंगाले लागेर एकको मृत्यु, ३ घाइते

    नुवाकोट, १९ फागुन/ सिंचाइ आयोजनामा काम गरिरहेको क्रममा अचानक ढुंगा खस्दा एक व्यक्तिको मृत्यु हुनुको साथै एकजना घाइते भएका छन्।
    आइतवार सांझ ५ः३० बजे रादुका-६ स्थित सिंचाई आयोजनामा काम गर्ने क्रममा एक्कासी माथिबाट ढुंगा खस्दा खरानीटार-८ बस्ने बर्ष४५ को रिफेल माईला तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो भने सोही ठाउं वडा नं. ९ बस्ने बर्ष५५ को भरत पटेल र्घाईते भएका हुन्। घाइतेलाई उपचार्रार्थ काठमाडौं तर्फलगिएको छ।
    यसैगरी सडक खन्ने क्रममा ढिस्कोले पुरिएर रामेछापमा आइतवार दर्ुइजना घाइते भएका छन्।
    घाइतेहरु फुलासी-२ डढुवा दोरम्बा बस्ने बर्ष६६ को जित ब. थापा र बर्ष३२ की कुमारी बि.क.लाई उपचारको लागि एम्बुलेन्सद्वारा टिचिङ अस्पताल तर्फलगिएको प्राप्त समाचारमा उल्लेख छ।

    उच्च मावि र क्याम्पस बन्द

    सिन्धुली, १९ फागुन/ काठमाण्डौमा पब्लिक बिश्वविद्यालय लागू गर्न मांग राख्दै आन्दोलनरत प्राध्यापकहरुले सिन्धुली क्याम्पस र उच्च मावि बन्द आज गराएका छन्।
    आन्दोलनरत प्राध्यापकहरु माथि प्रहरीद्वारा हस्तक्षेप भएको विरोधमा उनीहरुले पठन-पाठन बन्द गर्न लगाएका हुन्।

    अचानक भारतीय नागरिकको मृत्यु

    महोत्तरी, १९ फागुन/ पेट दुखेर अचानक एक भारतीय नागरिकको मृत्यु भएको छ।
    आज बिहान ४ बजे डामी मर्डाई गा.वि.स.-३ स्थितमा १५ दिने भ्रमणमा आएका भारत सितामढी निवासी बर्ष६५ को कपिलदेव ठाकुरको अचानक पेट दुखी मृत्यु भएको प्रहरीले जनाएको छ।

    लोडसेडिङ मुक्त क्ष्ँेत्रको मांग गर्दै सडक अवरुद्ध र तालाबन्दी

    दोलखा, १९ फागुन/ सदरमुकाम लोडसेडिङ मुक्त हुनुपर्ने मांग राख्दै स्थानीयबासिन्दाले सडक अवरुद्ध गर्नुको साथै विद्युत प्राधिकरणमा तालाबन्दी गरेका थिए।
    आइतवार दिउंसो २ बजे भि.न.पा.२ स्थित विधुत प्राधिकरण कार्यालयमा स्थानीयबासीन्दाहरुको समूहले तालाबन्दी गरी सडक अवरोध गरेका हुन्।
    स्थानीय प्र.जि.अ., कार्यालयका कर्मचारी र स्थानीयबासिन्दाबीच छलफल भएपछि दिउंसो २ः४० बजेदेखि अवरुद्ध सडक र प्राधिकरण कार्यालयमा लगाईएको ताल्चा खोल्न सहमत भएका छन्।

    संविधान निर्माण सुझाव संकलन

    मकवानपुर, १९ फागुन/ संविधान निर्माण सुझाव संकलन टोलीका संयोजक अमिक शेरचन सुझाव संकलन कार्य सुरु गर्नुभएको छ।
    आइतवार बिहान ११ः१० बजे संयोजक शेरचनलगायत करिब ६०/७० जनाले कार्यालय प्रमुखहरुसंग जिल्ला विकास समितिको हलमा सुझाव संकलन कार्य शुरु गरेका थिए।

    सडक मर्मतको मांग गर्दै सडक अवरुद्ध

    मकवानपुर, १९ फागुन/ सडक मर्मत नगरेको भन्दै सडक स्थानीयबासीले सडक अवरुद्ध गरेका छन्।
    आइतवार बिहान ९ बजे हे.न.पा.-१० टि.सि.एन.रोड र बसपार्कका स्थानीय व्यक्तिहरुले सडकमा धुलो उडेको कारण अवरोध गरेका थिए। सवारी साधनहरुलाई डार्इभस गरी सुचारु गरिएको थियो।

    आगलागीमा लाखौंको क्षति

    रामेछाप, १९ फागुन/ जिल्लाको पुरानो गांउ-९ बस्ने अमर ब. बोहोरा गोठमा फागुन १७ गते राति १२ बजे अचानक आगँलागी हंुदा गोठमा रहेको गाई, भैसी, बाख्रा जल्नुको साथै अन्दाजी १,५०,०००।-बराबरको धनमाल क्ष्ँति भएको प्रहरीले जनाएको छ।

    0 comments: