नाजायज मांग छाडेर काममा र्फकन आग्रह

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ चैत/ बाराको छातापिपरा-१ नितपुरस्थित पोलिमर इण्डस्टि्रज प्रालिका व्यवस्थापन पक्षले मजदुरहरुलाई नाजायज मांग छाडेर निर्सत काममा र्फकन अनुरोध गरेको छ।
    आज नेपाल पत्रकार महासंघ पर्सामा इण्डस्टि्रजका प्रबन्धक कृष्णकुमार लिम्बु, केएन झा, शर्मा स्वर्ण्र्ाार, राजकुमार यादवले एक पत्रकार सम्मेलन गरी आर्थिक मन्दि र विद्युत लोडसेडिङका कारण ५० प्रतिशतभन्दा कम क्षमतामा उद्योग संचालन गर्नुपरेको बताउंदै यस अवस्थामा अदक्ष र दक्ष मजदुरलाई ओभरटाइम गराएर उत्पादन गर्न नसकिने बताए। पत्रकार सम्मेलनमा मजदूर समूहले उद्योगका प्रबन्धक लिम्बुलाई हातपात गरेपछि श्रम ऐन २०४८ को दफा ७७ -३) बमोजिम उद्योगमा तालाबन्दी गर्नुको विकल्प नरहेको बताए।
    मजदुरहरुले विभिन्न मांग राखि चैत ६ गते सो उद्योगमा अनिश्चितकालीन बन्द गरेपछि उद्योगले बाध्य भइ चैत ८ गतेदेखि उद्योगमा तालाबन्दी गरेको छ।
    पत्रकार सम्मेलनमा यहां रहेका निर्यातजन्य कतिपय उद्योगहरु बन्द भइसकेको छ भने कतिपय रुग्ण अवस्थामा उद्योग संचालन भइरहेको छ । दर्ुइ दर्जनभन्दा बढी वनस्पति घिउ उद्योग एक चौथाइभन्दा कम क्षमतामा संचालन भइरहेको जानकारी गराइएको थियो।
    यसैवीच नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्र बाराको चौथो जिल्ला अधिवेशन बाराको लिपनीमाल-६ मा सम्पन्न भयो । सो अधिवेशनले अध्यक्ष पुलीस यादवलाई चयन गरेको छ भने उपाध्यक्षमा माधवप्रसाद उपाध्याय, महिला उपाध्यक्ष नर्मदा अधिकारीलगायत रहेका छन्।

    0 comments: