माओवादीद्वारा गल्ती स्वीकार

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज,९ चैत/करिब चार दर्जन र्सवसाधारण्ँ बिस्थापित गरेको घटनामा माओवादी संलगन रहेको एकिकृत नेकपा माओबादीले स्वीकार गरेको छ ।
    आज जिल्ला प्रशासन कार्यालय बारामा र्सवपक्षयि छलफलमा माओबादीका जिल्ला सेक्रेटरी शम्भु मण्डलले घटनामा पार्टर्ीीे कार्यकर्ताको संलग्नता रहेको स्वीकार गरेका हुन्।
    बैठकले पीडित परिवारलाई प्रतिघर १० हजारका दरले तत्कालका लागि राहत उपलब्ध गराउने निर्ण्ँय समेत गरेको छ।
    गत बुधबार माओवादी कार्यकर्ताले बाराको पिपरा बिर्तामा ३२ र्सवसाधारणको घर भत्काएका थिए भने कुटपिटबाट ५ जना गम्भीर घाइते भएका थिए।
    पीडितका लागि जिल्ला विकास समिति र पिपराबिर्ता गाविसको बजेटबाट राहत रकम जुटाउने निर्ण्ँय भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै उच्चस्तरिय छानबिन गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, दोषीविरुद्ध कारवाही गर्ने निर्ण्ँय भएको थियो भने जिल्ला प्रशासन कार्यालयमा भएको र्सवदलीय बैठकमा माओवादी सहितका १३ दलको प्रतिनिधीहरुको पनि सहभागिता थियो।

    0 comments: