यू-१९ क्रिकेटको उपाधी वीरगंजलाई

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, ९ चैत । राजधानीमा सम्पन्न अन्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी क्षेत्र नम्बर २ बीरगंजले हात पारेको छ ।
    त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीतिर्पुरमा भएको फाइनल खेलमा क्षेत्र नम्बर ५ नेपालगंजलाई ९९ रनको अन्तरले पराजित गर्दै वीरगंजले दोश्रो पटक उपाधि चुमेको हो ।
    खेलमा १ सय ५१ रनको लक्ष्य पछयाएको नेपालगंजलाई २१ दशमलव २ ओभरमा ५१ रनमा समेट्दै बीरगंजले उपाधिमाथि कब्जा जमाएको हो । जवाफी ब्याटिङका क्रममा वर्षर्ााएपछि खेल ३९ ओभरमा छोटयाइएको थियो । नेपालगंजका लागि विधान गिरीले १६ र नविन शाहीले १२ रनको योगदान दिएपनि अन्य खेलाडिले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
    पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेश गरेको नेपालगंजलाई विरगन्जले सस्तैमा समेटेको थियो । बलिङ तर्फविरगन्जका लागि हासिम अन्सारीले ४ ,म्यान अफ दि म्याच घोषति जटाशंकर झाले ३ र विवेक दलिले दर्ुइ विकेट हात पार्नुभयो ।
    यसअघि टस जितेर पहिले ब्याटीङग गरेको वीरगञ्जले निर्धारित ५० ओभरमा ४९ ओभर १ बलमै सबै विकेट गुमाउदै १ सय ६९ रन जोडेको थियो ।

    0 comments: