पर्सा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको विजय

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, ७ चैत ।चिकित्सा शास्त्र अध्ययन संस्थान पर्सा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका सम्पर्ूण्ा प्यानलहरु विजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा भएको थियो। १२० मतदाता रहेको सो कलेजमा ११९ जना मतदान गरेका थिए । राति साढे सातबजे मतगणनापश्चात अनेरास्ववियुले ८८ मत र नेविसंघले ३१ मत प्राप्त गरेपछि ५७ मतले अनेरास्ववियुले बिजय हासिल गरेको हो । विजयीहुनेहरुमा सभापति अमृता बराल, उपसभापति सपना गिरी, सचिव अस्मिता गुरुङ, सहसचिव विशमिता पौडेल, कोषाध्यक्ष सुभेच्छा बस्नेत, सदस्यमा कर्ीर्ति श्रेष्ठ र निक्की गौतम रहेका छन् । निर्वाचनको घोषणा भएपश्चात आज बिहान अनेरास्ववियुका विजयीउम्मेदवारहरुले विजय जुलुस निकाली नगर परिक्रमा गरेका थिए ।

    0 comments: