१० घरमा आगलागी, लाखौंको क्षति

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ चैत/ पर्सा जिल्लाको हरिहरपुर ९ गुलरियामा रहेको १० वटा घरमा आगलागी हुंदा करिब १० लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । गए राति ११ बजे संगल महतोको घरबाट सल्केको आगोले छिमेकीहरु राजाराम महतो,हिरामन महतो, मोहन महतो,धुप नुनिया, शिवजी नुनिया, बिरजी महतो, अवधेश महतो र लालबहादुर हजराको घर जलेर नष्ट भएको इलाका प्रहरीकार्यालय पोखरियाले जनाएको छ । आगलागीबाट चौपाया, लत्ताकपडा गरी १० लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ । सो आगलागीलाई वीरगंजबाट गएको वारुण यन्त्र र प्रहरी वेश क्याम्प भिखमपुर, इलाका प्रहरी कार्यालय र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

    0 comments: