नेशनल मेडिकल कलेजका कर्मचारीहरु धर्नामा

Posted on
  • Mar 19, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ चैत/ नेशनल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरु ओपीडी सेवा बन्द गरी अनिश्चितकालीन धर्नामा बसेका छन् ।
    अखिल नेपाल स्वास्थ्यकर्मी चिकित्सक संघले २१ बुंदे मागमध्ये १ बुंदे माग मात्र पूरा भएको र २० बुंदे मांगहरु हालसम्म अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको भन्दै धर्ना दिएको जनाएको छ । स्वास्थ्यकर्मी संर्घष्ा समितिले अस्पतालमा भर्ना भएका सबै विरामीलाई ७२ घण्टाभित्र अस्पताल छाड्न आग्रह गर्दै चरणबद्ध आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

    0 comments: