दाजुभाइबीच झडप, १ घाइते

Posted on
  • Mar 19, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ चैत/ काठ बांडफांडको विषयलाई लिएर दाजुभाइबीच झडप हुंदा १ जना गम्भीर घाइते भएका छन्।
    आज विहान १०ः३० बजे बरियारपुर-५ बस्ने श्रीभगवान चौरसिया र उनको काकाका छोराहरु राम एकबाल, बिजय लाल, सकलदेव, र्रर् इनरदेव राउत बरहीबीच काठ बांडफांडको बिषयमा विवाद हुंदा श्रीभगवान गम्भीर घाइते भएका छन्। घाइतेको कलैया अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने दाजुभाइहरुको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

    स्ववियु निर्वाचन भाड्न विभिन्न स्थानमा सडक अवरुद्ध, सवारीसाधनमा आगजनी


    चितवन, ६ चैत/ स्ववियु निर्वाचन सुरु हुने वित्तिकै आज देशभरिको विभिन्न स्थानमा पर््रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुको साथै सवारीसाधनमा आगजनी गरेको छ।
    आज बिहान ६ः५० बजे दारेचोक गा.वि.स.-४ स्थित मुस्लिम बजारमा स्ववियु निर्वाचन बहिष्कारको मांग राख्दै नेविसंघका कार्यकर्ताहरुले यातायात बन्द गरेका छन्। त्यस्तै आज बिहान ४ः१५ बजे रत्नगर-२ सौराहा चोकमा नेविसंघ र्समर्थक विद्यार्थीहरुले चुनाव हुन नदिन हाईवेमा ढुंगामुढा राखी टायर बालेर सडक अवरुद्ध गरेका छन्।
    र्सलाहीमा आज बिहान ४ः४५ बजे कोहलपुर तर्ीथ यात्रा जांदै गरेको ना१झ १६२२ नं.को माईक्रोबस र ना१ख ४६४० नं.को ट्रक पर््रदर्शनकारीहरुले जलाइदिएका छन् भने पुलचोकमा ना२ख ६७२४ नं.को मिनीबसको सिसा फुर्टाईदिएको प्राप्त समाचारमा उल्लेख छ। काठमाडौबाट आउंदै गरेको बा१ज ९३४२ नं.को माईक्रो भरतपुरको लीलाचोकमा पर््रदर्शनकारीहरुले जलाईदिएको छन् भने टांडीबजारमा स्व.वि.यु.चुनाव स्थगीत गर, नेविसंघ जिन्दाबाद जस्ता नारा लगाएका छन्।
    आज विहान ८ बजे सिन्धुलीको भिमज्योती क्याम्पस खुर्कोटमा स्ववियू निर्वाचनमा क्रान्तिकारीका १ जना उम्मेदवारले मत पेटीका फाल्न लागेको बिषयलाई लिएर बादविबाद हुंदा केही बेर मतदान स्थागित भएको थियो।
    बुधवार नुवाकोटको आर्दश बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको तुल ब्यानर र पर्चा पम्पलेटलाई अ.ने.रा.स्व.वि.यु.का बिद्यार्थीहरुले च्यातेको बिषयलाई लिएर दुवै पक्ष बीच झडप हुंदा क्रान्तिकारीका-३ जना र अ.ने.रा.स्व.यु.का २ जना र्घाईते भएका छन्।
    सोही बिषयलाई लिएर क्याम्पस निर्वाचन समितिले निर्वाचन स्थगित गर्नु पर्ने भन्ने प्रतिवेदन क्याम्पस प्रमुखलाई बुझाएको छ भने अनिश्चितकालीन क्याम्पस बन्द भएको छ।
    झडपपछि क्याम्पस वरपर रहेका होटलहरुमा प्रहरी टोलीले र्सच गर्ने क्रममा विदुर न.पा.-३ स्थित दुद्येश्वर होटलबाट १२ बोर थान १, ७ राउण्ड गोली, नक्कली पेस्तोल थान १ र नगद रु.४९१२०।- पर्नुको साथै होटलका साहु जगरनाथ मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको।
    बिद्यार्थीहरु र्घाईते भएको बिरोधमा अखिल क्रान्तिकारीले बिदुर न.पा.-१ स्थित ढुंगे बजारमा बाटो अवरोध गरेका थिए।

    पिछडा वर्गद्वारा धर्ना

    र्सलाही, ६ चैत/ विभिन्न ७ बुंदे मांग राख्दै नेपाल पिछडा वर्गले ज्रि्रका र्सलाहीमा धर्ना दिएका छन्।
    आज विहान १०ः३० बजेदेखि नेपाल पिछडिएका वर्गका अध्यक्ष रामचन्द्र साहको नेतृत्वमा रहेको एक समूहले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।
    उनीहरुले सम्पर्ूण्ा जाति, भाषाको नयां संविधानमा घोषणा, पिछल्ला वर्गको प्रतिष्ठानमा गठन, तीन प्रतिशत ब्याजमा कृषि विकाश ऋण, पशु विकाश बैंक, कृषी आरक्षण तथा गोठालाहरु पढ्ने विद्यालयकोे व्यवस्था, नयां जनगणनामा पिछला वर्गलाई ३० प्रतिशत समावेशी, हुलाकी राजमार्गलाई मधेशी राजमार्गमा मिलाउनुपर्ने, स्वायत्त मधेश एक प्रदेशको घोषणा,
    पियुबा ओ.वि.सी.को सुवेदी प्रतिवेदन लागू गर्नुपर्ने लगायत मांग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

    विभिन्न ठाउंमा दर्ुघटना, कयौं घाइते

    वीरगंज, ६ चैत/ भारतीय गाडीको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन्।
    बुधवार २ः४० बजे कलैयाबाट स्रि्रौनगढ जादै गरेको ध्द्यऋइ २०१ नं.कोर् इन्डीयन सुमोले तेलकुवा-१ मा रामेश्वर साहलाई ठक्कर दिएर र्घाईते बनाएको छ। घाइतेको उपचार काठमाडौंमा भइरहेको छ भने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त समाचारमा उल्लेख छ।
    त्यसैगरी सडक दर्ुघटनामा परी घाइते भएकाहरुको उपचारको मांग गर्दै अवरुद्ध रहेको पृथ्वी राजमार्ग सुचारु भएको छ।
    कार्तिक ४ गते धादिङको जोगीमारा-९ स्थित पृथ्वी राजमार्गमा ना.३.ख.४६६१ नं.को ट्रकले सोही ठाउं निवासर्ीर् इश्वरी डल्लाकोटी, होम कुमारी मल्ल, बबिता मल्ल र संगीता मल्ललाई ठक्कर दिएपछि बि.एण्ड वि.अस्पतालमा उपचार भईरहेकोमा ठक्कर दिने ट्रक पक्षको व्यक्तिहरु अस्पताल नपुगेको भन्दै बुधवार १२ः५५ बजेदेखि पीडित पक्षले बाटो अवरोध गरेपछि प्रहरी टोलीको पहलमा १ः४० बजेदेखि बाटो खुलेको प्राप्त समाचारमा उल्लेख छ।
    पर्ूव-पश्चिम राजमार्गमाको लालबन्दीमा महिन्द्रा टाटाले मोटरसाइकललाई ठक्कर दिंदा दुइजना घाइते भएका छन्।
    आज विहान १०ः३० बजे लालबन्दी-८ बस्तीपुरचोकमा ना २ च ७८५५ नं.को महेन्द्र टाटाले ज २ प ८११६ नं.को मोटरसाइकललाई ठक्कर दिंदा खयरमारा-३ बस्ने बर्ष२० को निरन्जन ढकाल र कालिन्जोर-२ बस्ने बर्ष२० को सागर खड्का र्घाईते भएका छन्। घाइतेको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ भने गाडी, चालक र मोटरसाइकल प्रहरीले आफनो नियन्त्रणमा लिएकोछ।
    सभासद चढेको गाडी बे्रक फेल भइ अर्को गाडीमा ठक्कर खाएको छ।
    आज बिहान ९ः१५ बजेको संविधान राय सुझाव संकलनका लागि जनकपुरबाट आउनुभएका सभासद अग्नीलाल झागड चढेकोे ज.१च.३८ नं.को गाडीको ब्रेक फेल हुंदा बन्दीपुर-६ मा स्कटीङ गर्दै आईरहेको ना.१झ.८४५ नं.को गाडीमा ठोक्किएको थियो। ठक्करबाट कुनै क्षति नभएको प्राप्त समाचारमा उल्लेख छ।

    घरको छतबाट खसेर एकजना घाइते

    चितवन, ६ चैत/ आज दारेचोक गा.वि.स.-४ निवासी एक बहादुरथापाको २५ वषर्ीय छोरा थानबहादुर थापा घरको छतबाट खसेर घाइते भएका छन्।
    घाइतेको काठमाडौंमा उपचार भइरहेको छ।

    हत्यारालाई कारबाहीको मांग

    काभ्रे, ६ चैत/ हत्यारालाई कारबाहीको मांग राख्दै माओवादी असन्तुष्ट पक्षले मशाल जुलुस पर््रदर्शन गरेको छ।
    बुधवार बनेपा-१ मा माओवादी असन्तुष्ट पक्षले २०५५ सालमा काभे्र जिल्लाको अनकोटमा तत्कालीन सरकारले सांस्कृतिक कर्मीहरुलाई हत्या गर्ने हत्यारालाई कारवाहीको माग राख्दै विवेक गौतमको नेतृत्वमा रहेको एक जुलुसले मसाल जुलुस पर््रदर्शन गरेका थिए।

    पत्रकार महासंघ, रौतहटद्वारा दबाबमूलक जुलुस

    रौतहट, ६ चैत/ पत्रकार सुरक्षा र प्रेस स्वतन्त्रतालगायतको मांग राख्दै पत्रकार महासंघ रौतहटले दबाबमूलक जुलुस निकालेका थिए।
    बुधवार नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको नेतृत्वमा निस्केको एक जुलुसले बजार परिक्रमा गरी वीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

    सरुवाको विरोधमा जुलुस

    दोलखा, ६ चैत/ जिरी अस्पतालका डा.गुणराम लोहनीको सरुवा बदर गर्नुपर्ने मांग राख्दै स्थानीयबासीले पर््रदर्शन गरेका छन्। आज बिहान ११ः०५ बजे जिरी गा.वि.स.-७ लिंकन बजारमा स्थानीयबासिन्दाले सरुवा बदर गरी जिरी अस्पतालमै डा. लोहनीलाई राख्नु पर्ने माग राख्दै जुलुस निकालेका थिए।

    0 comments: