चैत १५ गतेदेखि मुस्लिम समुदायको राष्ट्रव्यापी शान्तिपर्ूण्ा आन्दोलन

Posted on
  • Mar 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ चैत/ नेपाल मुस्लिम नागरिक समाजले चैत १५ गतेदेखि राष्ट्रव्यापी शान्तिपर्ूण्ा आन्दोलनको घोषणा गरेको छ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी मुस्लिम हकहित तथा अधिकारका लागि प्रधानमन्त्रीसमक्ष फागुन १३ गते पेश गरेको ११ बुंदे मांगप्रति वेवास्ता गरेको आरोप लगाउदै आन्दोलनको घोषणा गरेको हो।
    विज्ञप्तिमा मुस्लिम समुदायलाई सरकारले मधेशीमा सूचिकृत गरेको आरोप लगाउदै नयां नेपाल निर्माण तथा राज्य पुनसंरचनामा आफनो सहअस्तित्व र भूमिकाको खोजीको लागि सम्पर्ूण्ा मुस्लिम समुदाय, संघसंस्थालाई एकजुट भइ आन्दोलनमा भाग लिन आह्वान गरेको छ।
    यसैवीच नेपालका आदिवासी जनजाति थारु समुदायले आफनो अस्तित्व रक्षा एवं पहिचानका खातिर सुरु गरेको शान्तिपर्ूण्ा न्यायिक आन्दोलनप्रति नेपाल मुस्लिम नागरिक समाजले ऐक्यबद्धता र र्समर्थन जनाएको समाजका अध्यक्ष हलिम अंसारीले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

    0 comments: