मारवाडी समुदायको बसौडा पर्व

Posted on
  • Mar 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ चैत/ मारवाडी समुदायहरुको बसौडा भन्ने पर्व भव्यताका साथ मनाइरहेका छन्। आज वीरगंजको माइस्थान मन्दिरमा मारवाडी समुदायले शितला माताको पूजाआजा गरेका हुन्।
    आज मारवाडी समुदायले शितला मातालाई पुरी, दही, रावडी, हरियो धनिया, गोबरको सेल लगायतको सामग्रीले पूजा गरी भक्तजनहरुले बासी खाना खाने गर्दछन्।
    होलीको एक हप्तापछि आउने सो पर्व हप्ताभरि मनाइने गर्दछ। मारवाडी समुदायले वर्षो दर्ुइपटक बसौडा पर्व मनाउने गर्दछन्।

    आगलागी

    वीरगंज, ३ चैत/ पर्सर्ााे गण्डक चौकस्थित शशिउल्लाह अंसारीकोपसलमा आगलागी भएको छ।
    आज दिउंसो करिब १ बजे अचानक आगलागी हुंदा करिब ५ हजारको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन्। सो आगलागी स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएको थियो।

    रक्तदान कार्यक्रम

    वीरगंज, ३ चैत/ तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी बाराको लिपनीमालमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
    लिपनीमालस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्रागंणमा सम्पन्न सो रक्तदान कार्यक्रममा महेन्द्र साह, रामचन्द्र सिंह, राजेशप्रसाद पटेल, रामविनोद पाल, विजय पटेल, जहेलाल पटेल, शिवलोचन राम, प्रदीप महतोलगायत २६ जनाले रक्तदान गरेका थिए।
    रक्तसंचार केन्द्र वीरगंजमा रगतको अभाव देखिएकोले यसप्रकारको कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ। तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी प्रतिनिधि विजय पटेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

    0 comments: