प्रश्न पत्र लिक गरेको आरोपमा पक्राउ परेका मिश्राको रिहाइको मांग गर्दै बाराको सम्पर्ूण्ा सरकारी विद्यालय बन्द

Posted on
  • Mar 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ चैत/ नेपाल शिक्षक युनियन बाराले जिल्ला परिक्ष्ँा समितिका सदस्यलाई रिहा गर्नुपर्ने मांग राख्दै बाराका सम्पर्ूण्ा सरकारी विद्यालय बन्दको आह्वान गरेका छन्।
    आज बाराको सम्पर्ूण्ा सरकारी विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ भने बन्दको कारण हिजोदेखि सुरु भएको जिल्लास्तरीय परीक्ष्ँासहित कक्षा १ देखि ९ कक्ष्ँाको परीक्ष्ँा पनि स्थगित भएको छ। पर््रदर्शनकारीहरुले कलैयाको भरतचोकमा टायर बालेर वीरगंज-कलैया सडकखण्ड अवरुद्ध पारेका छन्।
    हिजो कक्ष्ँा आठको जिल्लास्तरीय परीक्ष्ँाको अंग्रेजी विषयको प्रश्नपत्र परीक्ष्ँा हुनु अगावै बाहिरिएपछि प्रहरीले जिल्ला परीक्ष्ँा समितिका सदस्य सचिव रवीन्द्र मिश्रलाई पक्राउ गरेको थियो।
    पर््रदर्शनकारीहरुले मिश्रा निर्दोष भएको दाबी गर्दै रिहा नगरे कडा आन्दोलन गरिने युनियनका अध्यक्ष भरत साहले बताए।
    यता बाराका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले मिश्रामाथि अनुसन्धान भइरहेको बताएका छन्।
    पर्सा र बारामा जिल्ला स्तरीय परीक्षाको तीनवटा विषयको प्रश्नपत्र परिक्ष्ँा हुनु अगावै हिजो लिक भएको थियो। आज हुने अंग्रेजी, भोलि हुने विज्ञान र पर्सर्ीीुने गणित विषयको प्रश्न पत्र पनि लिक भइसकेको एक विद्यार्थीले बताएका छन्। प्रश्नपत्र रु ५० मा हिजो धमाधम बिक्री भएको थियो भने स्थानीय फोटोकपी सेन्टरमा विद्यार्थीहरुले धमाधम फोटोकपी गरेर बांडेका थिए।

    निर्वाचन आयोगले धांधली गरेको भन्दै आमरण अनसनमा

    वीरगंज, ३ चैत/ चैत ६ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारीको नामावली प्रकाशनमा धांधली गरेको आरोप लगाउंदै नेपाल विद्यार्थी संघ पर्सा र बाराका अध्यक्षसहित ५ जना आमरण अनसनमा बसेका छन्।
    ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा नेविसंघ पर्साका अध्यक्ष्ँ मनोज यादव, बाराका अध्यक्ष रामाकान्त साह, सन्तोष गुप्ता, मेघा शाही र विन्देश्वर मण्डल हिजो सांझदेखि आमरण अनसनमा बसेका हुन्। उनीहरुले क्याम्पसको स्ववियु निर्वाचन समितिले स्वतन्त्र उम्मेदवारी मनोनयन गराएका उम्मेदवारलाई नेविसंघ स्वतन्त्र भनि उम्मेदवारको नामावली प्रकाशन गरेपछि आधिकारिक उम्मेदवार आफूहरु नै भएको भन्दै स्वतन्त्र उम्मेदवारीको नाम अगाडि उल्लेख गरिएको नेविसंघ शब्द हटाउन माग गरेका छन्।
    त्यसैगरी नेविसंघतर्फाट सभापतिका आधिकारिक उम्मेदवार सन्तोष सिंहले क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिले पर्ूवाग्रहीरुपले गलत तरिकाले उम्मदेदवारको नामावली प्रकाशन गरेको आरोप लगाए।

    0 comments: