पत्रकार धमला अस्वस्थ

Posted on
  • Mar 16, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, ३ चैत/ पत्रकार एवं रिपोर्र्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला अस्वस्थ हुनुभएको छ। स्वास्थ्य उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालको इमनर्जेन्सी वार्डमा पुर्‍याईएका पत्रकार धमलाको फोक्सोमा इन्फेक्सन देखिएको हो। धमलाको उपचारमा संलग्न चिकित्सक डा. करवीरनाथ योगीका अनसार उनलाई निमोनियाको समस्या देखिएकाले थप उपचारका लागि अस्पताल भर्ना गर्नुपर्नेछ। स्वास प्रश्वासमा समस्या देखिएपछि डिल्लीबजारस्थित सदरखोर कारागारबाट अस्पताल लगिएका धमलाले उपस्थित सञ्चारकर्मीहरुसंग आफु अस्वस्थ भएको बताए। मेरो स्वास्थ्यमा समस्या देखिएको छ, छातीमा पनि समस्या देखिएकाले धेरै नबोल्न डा. ले सल्लाह दिनुभयो, धमलाले भने। म निर्दोश छु र म माथि लगाईएका झुटा आरोप र लाल्छना मेरो चरित्र हत्या गर्नमात्र लगाईका हुन भन्दै रिपोर्र्टर्स क्लव नेपालका अध्यक्ष समेत रहेका धमलाले यसको डटेर प्रतिकार गर्न सबै राजनीतिक दल, मानवअधिकारवादी, नागरिकसमाज कानस्नवीद् एवं पत्रकारजगतसंग आग्रह गरे।
    यसअघि माघ २१ मा पुतलीसडकस्थित आफ्नै कार्यालयबाट पक्राउ परेका धमलालाई अदालतले ज्यानमार्ने उद्योग र शरीर बन्धकको उद्योगमा सफाई दिएपनि हातहतियार तथा खरखजाना ऐन अर्न्तर्गतको मुद्यामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामै राखेको छ।

    0 comments: