बारा-पर्साका उद्योगी व्यवसायीहरुले विरोधमा उत्रिने

Posted on
  • Mar 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ चैत/बारा-पर्साका उद्योगी व्यवसायीहरुले विरोधमा उत्रिने तयारी गरिरहेको छ। सोमवार वीरगंज उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गरी मुलुकभरिका उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेको अकल्पनीय विद्युत लोडसेडिङ, बन्द, हडताल, चक्काजाम, चन्दा आतंक, शान्ति सुरक्ष्ँाको अभाव, श्रम समस्या, आर्थिक मन्दि लगायतका समस्या समाधानको मांग राख्दै उद्योग संगठन मोरङको आयोजनामा सुनसरी-मोरङ औद्योगिक कोरीडोरका उद्योगी व्यवसायीले संचालन गरेको चरणबद्ध आन्दोलनप्रति वीरगंज उद्योग वाणिज्य संघले विज्ञप्तिमार्फत ऐक्यबद्धता व्यक्त गरेको छ।
    विज्ञप्तिमा मुलुकमा आएको युगान्तकारी राजनीतिक परिवर्तनसंगै दिगो शान्तिकोस्थापना, उद्योग व्यापारको निर्वाध संचालन, विद्युत्, यातायात लगायत आर्थिक विकासका लागि अत्यावश्यक भौतिक पर्ूवाधार निर्माणको प्रक्रिया प्रारम्भ हुने विश्वासमा बसेका आम उद्योगी व्यापारी तदनुरुपको वातावरण निर्माण हुन नसकेेकोबाट निराश हुन पुगेका छन्। साथै समस्याको तत्काल समाधान नभएमा बारा, पर्साका उद्योगी व्यवसायीले समेत विरोधका कार्यक्रमहरु प्रारम्भ गर्ने अवस्था आइसकेको तर्फसरकारको ध्यानाकर्षा गराएको उल्लेख छ।

    वीरगंजमा मुस्लिम कन्या प्रावि संचालन हुने

    वीरगंज, ४ चैत/ वीरगंज उपमहानगरपालिका वडा नं. २ छपकैया टोलमा श्री खजिदा मुस्लिम कन्या प्राथमिक विद्यालय संचालन हुने विद्यालयका अध्यक्ष समसुल होदा समानीले जानकारी गराउनुभएको छ।
    सो विद्यालय संचालन स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ निवेदन जिल्ला शिक्ष्ँा कार्यालय पर्सर्ाा दर्ता भइसकेको छ।
    नेपाल मुस्लिम कल्याण समाज पर्सर्ाााखाद्वारा संचालन हुने श्री खजिदा मुस्लिम कन्या प्राविले सरकारी पाठ्यक्रम लगायत उर्दू अरबी आधुनिक शिक्ष्ँा प्रदान गर्नेछ। खजिदा भन्ने व्यक्तिको नाम नभइ धार्मिक नाम हो। वीरगंज नगरका विभिन्न वडा र पर्सर्ााजल्लाका विभिन्न गाउ“मा नेपाल मुस्लिम महिला कल्याण समाजले विद्यालय संचालन गर्ने तयारी गरिरहेको समाजसेवी समसुल होदा समानीले बताउनुभयो।

    थारु सचिवालयको बैठकले गरेको निर्णयहरु

    वीरगंज, ४ चैत/ सरकारसंग हालै भएको सम्झौता कार्यान्वयनका लागि नेपाल सरकार, राजनीतिक दलहरु तथा ब्यवस्थापिका संसदलाई निरन्तर दवाब दिनर्ुपर्ने ठहर थारु कल्याणकारिणी सभाको केन्द्रीय सचिवालयको बैठकले गरेको छ।
    आज एक थारु कल्याणकारी सभाले एक प्रेस विज्ञप्ति जारी गरी अन्तरिम संविधानमा रहेको मधेस शब्दलाई सम्झौतामा स्वीकार गरिएको भनी विभिन्न कोणबाट फैलाईएको भ्रम चिर्नर्ुपर्ने आवश्यकता रहेको निष्कर्षपनि बैठकले निकालेको छ। यसैगरी केन्द्रीय सचिवालयको बैठकले मुस्लिम समुदाय र सरकारका बीच भएको सम्झौतालाई स्वागत गर्दै आगामी दिनमा सम्झौताहरुको कार्यान्वयन गर्न, तराइमा भइरहेको मधेसीकरण रोक्न निरन्तर सहकार्य गर्ने निर्ण्र्ाापनि गरेको छ।
    निर्ण्र्ाारुमा जिल्ला तहमा जिल्लाको आवश्यकता र परिस्थिति अनुसार सम्झौता कार्यान्वयनका लागि खबरदारी कार्यक्रमहरु गर्दै थप आन्दोलनका लागि वातावरण तयार पार्ने। यसका साथै जिल्लाहरुमा आदिवासी जागरण अभियान संचालन गर्ने। सम्झौता कार्यान्वयनका लागि सरकारलाई दवाब दिन तथा थारु कल्याणकारिणी सभाले विगत देखि नै राख्दै आएका अन्य विभिन्न मागहरु पूरा गराउन कार्यक्रम तथा रणनीति तय गर्न केन्द्रीय समितिको बैठक चैत १४ गते काठमाडौंमा गर्ने। सम्झौता कार्यान्वयन तथा अन्य मागहरु पूरा गराउने सर्न्दर्भमा सभासदहरुको भूमीका महत्वपर्ूण्ा हुन्छ। यसका लागि चैत १५ गते काठमाडौंमा सम्झौता कार्यान्वयनमा सभासदहरुको भूमीका विषयक वृहत अन्तक्रिया कार्यक्रम गर्ने। सम्झौता कार्यान्वयन गर्न, नयाँ संविधान समयमै बनाउन तथा सरकारले बेला बेलामा गर्ने जनविरोधी क्रियाकलापमा अंकुश लगाउन एवं जनतालाई राहत दिने कार्यक्रमहरु ल्याउन ब्यवस्थापिका संसदलाई दवाब दिने उद्देश्यले चैत १६ गते ब्यवस्थापिका संसदलाई खबरदारी गर्न राजधानीमा खबरदारी जुलुस गर्ने। यसका लागि अन्य भाइचारा तथा आदिवासी संघसंस्थाहरुसंग सहकार्य गर्ने महामन्त्री राजकुमार लेखीले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

    नेपाल तरुण दलमा मनोनयन

    वीरगंज, ४ चैत/ नेपाल तरुण दलका अध्यक्ष महेन्द्र यादवले रिक्त रहेको तरुण दलको सचिव पदमा केन्द्रीय सदस्य पार्वती शाहलाई मनोनयन गर्नु भएको छ । शाहलाई यादवले सोमबार मनोनयन गर्नु भएको तरुण दलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। त्यस्तैगरि यादवले दलको केन्द्रीय सदस्यमा र्सर्ूयप्रकाश राणा दाङ र शम्भु अधिकारी काठमाण्डौलाई मनोननय गर्नु भएको छ। उमेर हदका कारण सचिव दर्ीघमान श्रेष्ठले आइतवार आपनो पदबाट राजीनामा दिनुभएपछि दलको सचिव पद रिक्त थियो।

    0 comments: