योग शिविर सम्पन्न

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २५ फागुन/ लायन्स क्लब अफ वीरगंजको आयोजनामा एकहप्ते योग शिविर सम्पन्न भएको छ।
    आज पतञ्जलि योग शिविर हरिद्वारको निर्देशनमा लायन्स र्सर्भिस सेन्टर छपकैयामा शिविरको समापन योग गुरु रामदेव महाराजका मुख्य शिष्य धमर्ेंन्द्रजी महाराजले एक समारोहबीच गरेका थिए।
    योग शिविरमा योग गुरुका शिष्य प्रमुख सहयोगी एक्युप्रेसर विशेषज्ञ श्याम बाबाद्वारा एक्युप्रेसर पद्धतिबाट महिला तथा पुरुषहरुले प्रत्यक्ष फाइदा लिएका थिए । समापन समारोहमा प्रशिक्ष्ँार्थीहरुसंग होलीको शुभकामना मन्तव्य साटासाट गरिएको थियो। लायन्स क्लब अफ डिष्ट्रिक गर्भनर संजय खेतान, प्रमोद गुप्ता लगायतको उपस्थिति रहेको सो कार्यक्रम क्लबका अध्यक्ष मनोहर टिवडेवालको सभापतित्वमा सम्पन्न भएको थियो।

    0 comments: