थारु कल्याणकारीसभाद्वारा प्रधानमन्त्रीको सम्बोधनको स्वागत

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in
  • माग पूरा भए आजै वार्ता हुने-सभा

    वीरगंज, २५ फागुन/ प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ले तर्राईमा चलिरहेको वर्तमान आदिवासी आन्दोलनलाई गर्नुभएको सम्बोधनको थारु कल्याणकारिणी सभाले हार्दिक स्वागत गरेको छ ।
    आज थारु कल्याणकारी सभाले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा सहादात प्राप्त गर्नुभएकाहरुलाई सहिद घोषणा गर्ने, पक्राउ परेका आन्दोलनकारी साथीहरु प्रहरीको हिरासतमा रहेकाहरुको रिहाइ लगायतको मांगहरु पूरा गर्ने प्रतिबद्धता जाहेर नगरेकोमा सम्बोधन अपूरो रहेको ठहर गरेको छ ।
    विज्ञप्तिमा आज विभिन्न जिल्लामा अनावश्यक रुपमा प्रहरीद्धारा धरपकड र दमन गर्ने काम भइरहेको बताउंदै तर्राईमा आदिवासीहरुलाई गरिदै आएको मधेसीकरणका बारेमा प्रधानमन्त्रीको धारणा नआएको उल्लेख छ । यस्ता कुराहरुमा नेपाल सरकारको धारणा तत्काल आए आजै वार्ता सुरु गर्ने पक्षमा थारु कल्याणकारिणी सभा रहेको उल्लेख छ ।
    विज्ञप्तिमा आदिवासीहरुको सूचीकरण गर्ने काम मन्त्रीपरिषदबाट भएको छैन र हुंदै नभएको निर्ण्र्ााा आधारमा आन्दोलन गर्ने काम भयो भनी सरकारले भ्रम फैलाइरहेको छ । थारु कल्याणकारिणी सभाले अन्तरिम संविधानमा मधेस उल्लेख गर्ने काम भएदैखि नै निरन्तर मधेसीकरणका विरुद्ध तथा तर्राईका आदिवासीहरुकौ अधिकारका पक्षमा आन्दोलन गर्दै आएको छ । अध्यादेशका विरुद्धमा थारु कल्याणकारिणी सभाले बन्दको समेत आव्हान गरेको महामन्त्री राजकुमार लेखीले उल्लेख गरेका छन्।

    बन्दले नवलपरासीको जनजिवन अस्त व्यस्त

    हरि शर्मा
    नवलपरासी, २५ फागुन । लगातार बन्दका कारण सातौ दिन पनि नवलपरासीको जनजीवन प्रभावित वनेको छ।
    आज बन्द आव्हानकर्ताहरु जिल्लाका विभिन्न स्थानमा वसेर विहानैदेखि पर््रदर्शन गरिरहेका छन् । बन्दका कारण स्थानीय जनजीवन अस्तव्यस्त भएको छ। बजार बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएपछि स्थानीय जन जिवन झन कष्टकर वन्दै गएकोछ । स्थानियवासीहरु दैनिक उपभोग्य सामग्री खरिदका लागि सीमावर्ती भारतीय वजार ठुठिवारी जान थालेका छन्।
    बन्दका कारण नवलपरासीमा रहेका उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, पसल व्यवसाय पर्ूण्ारुपले वन्द भएका छन् भने राजमार्ग र सहायक वाटोमा सवारी साधन चल्न सकेका छैनन ।
    यसैवीच वन्दको अवज्ञा गरेर सवारी साधन चलाएको जनाउंदै वन्द आव्हानकर्ताले तुलसीनगरमा ना ३ ख ४४८२ नम्बरको ट्रकमा आगजनी गरेका छन् भने चोरमारामा लु १ ख ५१५७ नम्बरको ट्रक माथि तोडफोड गरेका छन्।
    उता आव्हानकर्ताले शुक्रबारदेखि सरावल, तिलकपुर, पंचनगर र मनरी गाउं विकास समितिको कार्यालयमा लगाएको तालाबन्दीका कारण ती गाउं विकास समितिको कामकाज ठप्प भएको छ।

    जनसेनाको चौथो डिभिजनमा १ हजार ५ सय जनाको फारम दर्ता


    हरि शर्मा
    नवलपरासी, २५ फागुन । नवलपरासीमा रहेको माओवादी जनसेनाको चौथो डिभिजनमा एक हजार पांच सयजनाले फारम दर्ता गराएका छन्।
    चौथो डिभिजन अर्न्तगत झ्यालटुगांडांडामा रहेको मुख्य हेड क्वार्टर, सहायक शिविरहरु रामनगरको जर्गाहा, कावासोतीको हात्तीखोर र रुपन्देहीको सैनामैनामा गरि हालसम्म १ हजार पांच सय जनाले फारम दर्ता गराएको चौथो डिभिजनले जनाएको छ।
    चौथो डिभिजनमा रिक्त रहेका एक हजार ६ सय जनसेनाका लागि महिला र पुरुष गरि उक्त फारम दर्ता भएको वताईएको छ।
    माओवादी जनसेनाको चौथो डिभिजनमा ५ हजार ५२ जनसेनालाई अनमिनले योग्य ठहर गरेको थियो भने सो डिभिजनमा हाल तिन हजार ७ सय ८८ जनसेनाहरु रहेका छन्।

    0 comments: