अन्तर्रर्ााट्रय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ फागुन/ महिला हिंसा अन्त्यको लागि महिला र पुरूषको ऐक्यबद्धता नाराका साथ ९९ औं अन्तर्रर्ााट्रय नारी दिवसको अवसरमा आज वीरगंजमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ।
    आज घण्टाघरबाट महिलासम्बद्ध विभिन्न संघसंस्था तथा क्लबहरुको संयुक्त आयोजनामा निस्केको र्‍यालीले नगर परिक्रमा गरेको थियो । जुलुसमा महिला हिंसा अन्त्य गर, महिलाहरुको समस्या संविधानमा उल्लेख गर लगायतको नारा तथा प्लेकार्ड बोकिएको थियो। पर्साको ग्रामीण क्षेत्रबाट आएका महिलाहरु तथा महिला अधिकारवादीहरुको सो जुलुसमा सहभागिता थियो ।

    0 comments: