क्रियाशील युवा पत्रकार संघ नेपाल गठन

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ फागुन/ पर्सामा कार्यरत क्रियाशील पत्रकारहरुको एक भेलाले क्रियाशील युवा पत्रकार संघ नेपाल गठन गरेको छ ।
    आज नेपाल पत्रकार महासंघ पर्सा शाखामा आयोजित एक भेलाले ११ सदस्यीय क्रियाशील युवा पत्रकार संघ नेपाल गठन भएको हो ।
    भेलाको र्सवसम्मतिबाट सो संघका अध्यक्ष्ँ प्रणय कुमार साह, उपाध्यक्ष विन्दुभूषण साह, पुष्प कोइराला, सचिव अलि असगर देवान,, सहसचिव जगत राइ, कोषाध्यक्ष पवि केसी, सदस्यहरु नवराज निरौला, प्रमिला गुप्ता, नबिता यादव, नरेश र्सराफ, श्याम कुशवाहा चयन भएका छन् ।

    प्रत्यक्ष रेडियो प्रसारणको आयोजना

    काठमाडौं, २५ फागुन/ अन्तर्रर्ााट्रय महिला दिवस -मार्च ८)को अवसरमा उच्चायुक्तको कार्यालय-नेपाल, युनेस्को, नेपाल पत्रकार महासङ्घ -केन्द्रीय समिति) तथा कम्युनिकेसन कर्नरले मध्य तर्राईका महिला पत्रकार तथा मानवअधिकार रक्षकहरूले गर्ने कार्यको महत्वमाथि प्रकाश पार्नका लागि प्रत्यक्ष रेडियो प्रसारण्ँको आयोजना गरेका छन्। आज उच्चायुक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक, सा“स्कृतिक, आर्थिक तथा सुरक्षासम्बन्धी चुनौतीहरूका बाबजुद यी महिलाहरू, प्राय ः कठिन परिस्थितिमा, मानवअधिकारको संरक्षण्ँ तथा प्रवदर््धन गर्ने कार्यमा बढ्दो मात्रामा सहभागी बनिरहेको उल्लेख छ।
    विज्ञप्तिमा महिलाहरूले लामो समयदेखि सक्रियरूपमा आफना समुदायहरूप्रति योगदान पुर्‍याउ“दै आएका छन् तर तिनका कार्यलाई सधैं उपयुक्त मान्यता दिइएको छैन । महिला पत्रकार तथा मानवअधिकार रक्षकहरूले गर्ने कामले नेपालमा महिलाको अवस्थाप्रति ध्यानाकर्षण्ँ गराउन मद्दत पुर्‍याउ“छ जसले उनीहरूलाई विशेषगरी महिलाले सामना गर्नुपर्ने समस्यालाई प्रभावकारी ढङगले सम्बोधन गर्न सक्षम बनाउ“छ ।
    महिला पत्रकार तथा मानवअधिकार रक्षकहरूको शान्ति प्रक्रिया तथा नया“ नेपालको निर्माण्ँमा महत्वपर्ूर्ण्ँ भूमिका हुन्छ । र्सार्वजनिक मामिलामा समावेश हुन र प्रतिनिधित्व गर्न तथा तिनमा सहभागी बन्न चाहने सबै महिलाका लागि उनीहरू नमुना हुन्।
    महिलालाई सम्मान गर्न र सबै नेपालीका अधिकार तथा स्वतन्त्रताहरूको सम्मान गरिने वातावरण्ँ बनाउनमा महिला पत्रकार तथा मानवअधिकार रक्षकहरूलाई सहयोग गर्न हामी सबै पात्रलाई आह्वान गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    दर्ुघटनामा ८ जना घाइते

    चन्द्रनिगाहपुर, २५ फागुन । रौतहटको चन्द्रनिगाहपुरमा बस दर्ुघटना हुंदा ८ जना घाइते भएका छन्।
    घाइतेमध्ये २ जना गम्भीर रहेका छन् । गए राति १० बजे नम्बर नखुलेको बस चन्द्रनिगाहपुरको चांदी पुल नजिकै दर्ुघटना हुंदा दिपेन्द्र कार्की र रामकुमारी चौधरी, उदयपुरका उपेन्द्र राउत, मोरङका युवराज खतिवडा, दमकका द्रौपदी गिरी, रमा चौधरी लगायत घाइते भएका हुन् ।
    घाइतेहरुको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

    0 comments: