संयुक्त आन्दोलन संयोजन समिति गठन

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ फागुन/आन्दोलनरत थारु आदिवासीका विभिन्न संघसंस्थाहरुको आज राजधानीमा बसेको भेलाले आदिवासी जनजाति संयुक्त आन्दोलन संयोजन समिति गठन गरेको छ ।
    आज थारु कल्याणकारी सभाले एक प्रेस विज्ञप्ति जारी गरी संर्घष्ा समितिमा नेपाल आदिवासी जनजाति महासंघ, थारु कल्याणकारिणी सभा, थरुहट संयुक्त संर्घष्ा समिति, नेपाल लोकतान्त्रिक थारु संघ, थारु राष्ट्रिय मुक्ति मोर्चा, आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रिय प्रजातान्त्रिक थारु संघ, आदिवासी गणतान्त्रिक मोर्चा, तामाङ स्वायत्त परिषद सहित करिब साठीवटा संस्थाहरु रहेको उल्लेख छ ।
    नवगठित संर्घष्ा समितिले आफ्ना पर्ूव शर्तहरु पूरा नभएसम्म सरकारसंग औपचारिक वार्ता नगर्ने तर अनौपचारिक कुराकानी भने गर्ने निर्ण्र्ाागर्नुको साथै संर्घष्ा समितिले आन्दोलनलाई अझ सशक्त पार्न पनि सम्पर्ूण्ा आदिवासी तथा नागरिक समाजसंग अपिलसमेत गरेको छ।
    संर्घष्ा समितिको पहिलो बैठकले आन्दोलनको दौरानमा चितवनमा सहादात प्राप्त गर्नुभएका दर्ुइजना सहिदहरुको सम्मानमा सोमबार शोकसभा गर्ने निर्ण्र्ाागरेको छ । काठमाडौंको माइतीघर मण्डलामा दिउंसो दर्ुइ बजे शोकसभाको आयोजना गरिएको कार्यालय सचिव दीपेन्द्र चौधरीले जनाएका छन्।

    0 comments: