छुटाछुटै सडक दर्ुघटनामा १ जनाको मृत्यु, ८ घाइते

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ फागुन/ विभिन्न स्थानमा भएको सडक दर्ुघटनामा १ जनाको मृत्यु हुनुको साथै ८ जना घाइते भएका छन्।
    आज बिहान ९ः१५ बजे परवानीपुर-३ स्थित पथलैया बीरगंज सडक खण्डमा ना ४ प ७७३५ नं.को मोटरसाइकलले ना१ह १११५ नं.को टेम्पोसंग ठक्कर दिंदा मोटरसाइकल चालक मकवानपुर, पदमपोखरी बस्ने बर्ष२५ को टिकाबहादुर खड्का र्घाईते भएका हुन्।
    घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने टेम्पो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिइएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
    यसैगरी आज बिहान ४ बजे मकवानपुरको मनहरी-२ नयांबस्ती सडक खण्डमा स.१ च.५६२ नं.को एम्बुलेन्स पल्टिंदा चालक र विरामी गम्भीर र्घाईते भएका हुन्। घाइतेको उपचार भरतपुर अस्पतालमा भइरहेको छ भने अन्य ५ जना सामान्य र्घाईते भएका छन्।
    यसैवीच बारामा ट्रकले व्याक गर्दा अर्को ट्रकलाई ठक्कर दिंदा एकजना घाइते भएका छन्। आज बिहान.१ बजे ना.२ख.९३०७ नं.को ट्रकले ना.३ ख.३०६५ नं.को ट्रकलाई पछाडीबाट ठक्कर दिंदा ना २ ख.९३०७ नं.को ट्रकको डर््राईभर प्रकाश थापाको वायां खुट्टा भांच्चिएको हो।
    घाइतेको नारायणी उपक्षेत्रीय अस्प्ताल वीरगंजमा उपचार भइरहेको छ भने ठक्कर दिने चालक फरार भएको प्रहरीले जनाएको छ।
    यसैवीच शनिवार दिउंसो ५ बजे दोलखाको सुनखानी ६ सोती भन्ने स्थानमा बा१ख.५८८५ नं.को ट्रकबाट ढुंगा अनलोड गर्ने क्रममा पल्टिंदा ८ लेबर र्घाईते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
    यसैगरी शनिवार सांझ ७ः३० बजे अन्दुपटीबाट जनकपुर्रतर्फ आउदै गरेको च्व् ज्ञज्ञ-ग्।ब्-ण्ज्ञद्दछ नं.को बलेरो टाटा सुमोले सोही ठाउं वडा नं. -३ बस्ने जयनारायण यादवको १३ वषर्ीय छोरा सन्तोष यादवलाई ठक्कर दिंदा निजको घटना स्थलमा नै मृत्यु भएको छ। सोही बिषयलाई लिएर डर््राईभरलाई गांउलेहरुले नियन्त्रणमा लिई कुटपिट गरी वांया आंखा फुर्टाई दिनुका साथै गाडी समेत तोडफोड गरेका छन्।
    प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ भने चालकको जनकपुर अस्पतालमा भइरहेको छ भने निजको अवस्था चिन्ताजनक रहेको प्राप्त समाचारमा उल्लेख छ।

    रेस्टुरेन्टमा आगजनी

    वीरगंज, २५ फागुन/ अज्ञात समूहले वीरगंजको ३ रेस्टुरेन्टमा आगजनी गरेको छ। गएराति ११ बजे वीउमनपा- १९ नगवा चोकस्थित रोयल गार्डर्ेे लक्की र अन्नपर्ुण्ा रेष्टुरेन्टहरुमा एक्कासी आगलागी हुंदा फुसको टहराहरु जलेपछि करिब ७/८ हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ।
    प्रहरी र स्थानियबासीको सहयोगमा आगो निभाईएको थियो।

    विभिन्न स्थानमा सडक अवरुद्ध

    वीरगंज, २५ फागुन/ थारु कल्याणकारी सभाले अनिश्चितकालीन आमहडतालको घोषणा गरेपछि पर्ूव-पश्चिम राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।
    आज बिहान ८ः१५ बजे देखि र्सलाहीको, हरिवनस्थित महेन्द्र राजमार्ग थारुहटको बन्दको कार्यक्रमलाई सफल पारौ भन्दै चुरे भावरको जिल्ला संयोजक कुमार पौडेलको नेतृत्वमा रहेको एक टोलीले सडकमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन्।
    पर््रदर्शनकारीहरुले विहान ८ः१५ देखी नयांरोड र लालबन्दी र नवलपुर-मलंगवा सडकखण्डको हरिपुरमासमेत बाटो अवरुद्ध गरेका छन्।
    यसैगरी कर्मैया ६ डुमाजोर पुलको नजिक, टमाटर लोड गरी काठमाण्डौ जान लागेको ना.२ ख. ६४८४ नं.को ट्रकलाई रौतहटमा बन्द कर्ताहरुले जान नदिएको बिषयलाई लिएर आज स्थानीय किसानहरुलेे ट्रक बाटोमा तर्ेसाई सो सडकखण्ड अवरुद्ध गरेका छन्।
    त्यसैगरी शनिवार थारु कल्याणकारी र्सलाही जिल्ला अध्यक्ष दर्ुगा लाल दास चौधरीको नेतृत्वमा लालबन्दीमा बसेको छलफलले मांग पूरा नभए सम्मको लागि अनिश्चितकालीन राजमार्ग बन्द गर्ने निर्ण्र्ाागरेपछि हिजोदेखि लालबन्दी-१ स्थित महेन्द्र राजमार्गमा ढुंगामुढा तर्ेसाइ बाटोे, बजार बन्द गरेका छन्।
    आज मध्यान्ह १२ः३० बजे हेटौडा-४ कर्रर्ााल सडक खण्डमा थारु कल्याणकारी समाज मकवानपुरको अध्यक्ष रविन्द्र प्रसाद चौधरीको नेतृत्वमा रहेको एक समूहले दुइ घण्टा चक्काजाम गरेका छन्।
    त्यसैगरी गए राति ९ बजे चन्द्रनिगाहपुरको जाममा परेको गाडीहरु १ घण्टाको लागी खोल्ने सहमति भएपछि लुकेर बसेका आन्दोलनकारी समूहले ना १ ख ५०८१ नं.को गाडीमा ढुंगा प्रहार गर्दा चालक दिपेन्द्र कार्कीको टाउकोमा चोट लागी गम्भीर र्घाईते भएका छन्। घाइतेको उपचारको लागि काठमाडौं पठाइएको छ।

    चुंगीकर लिएको भन्दै सडक अवरुद्ध

    वीरगंज, २५ फागुन/ सवारीसाधन नगर प्रवेश शुल्क असूलेको भन्दै स्थानीयबासीले वीरगंज-गण्डक सडकखण्ड अवरुद्ध गरेका थिए। शनिवार ११ बजे वीरगंजको गण्डक चोकमा सवारी साधन नगर प्रवेश गरे वापत नगरपालिकाले चुङ्गीकर लिएको भन्दै स्थानीयबासी, अन्य व्यवसायीहरुले बाटो अवरुद्ध गरेका हुन् ।

    आगलागीमा बालकको मृत्यु

    रामेछाप, २५ फागुन/ आगलागीमा एक चार वषर्ीय बालकको जलेर मृत्यु भएको छ। फागुन २३ गते लखनपुर १ बस्ने दिपेन्द्र बहादुर भण्डारीको छोरा बर्षअं.४ को दिपेेश भण्डारीले घरमा कोही नभएको बेला लाईटर लिएर खेल्ने क्रममा गोठमा आगलागी भएपछि दिपेश भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    विद्यार्थी सहुलियतको मांग गर्दै सडक अवरुद्ध

    सिन्धुली, २५ फागुन/ आज बिहान ७ः४५ बजे सुनकोशी क्याम्पस र प्रगतिशील उ.मा.वि.का विद्यार्थिहरुले गाडीमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको मांग राख्दै बर्दिबास बनेपा सडकखण्डको झागाझोली रातमाटा-२ बोहरेटारमा सडक अवरुद्ध गरेका छन्।

    0 comments: