अनिश्चितकालीन एम्बुलेन्स सेवा ठप्प

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in

  • अपडेट
    वीरगंज, २५ फागुन/ थारु कल्याणकारी सभाका कार्यकर्ताहरुले एम्बुलेन्समाथि तोडफोड र एम्बुलेन्स चालकमाथि हातपात गर्नेलाई कारबाही नभएसम्म पर्साका सम्पर्ूण्ा एम्बुलेन्स चालकहरुले अनिश्चितकालीन एम्बुलेन्स सेवा ठप्प पारेका छन्।
    आज वीरगंजको घण्टाघर एम्बुलेन्स सडकमा तर्ेसाएर सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले दोषीलाई पक्राउ गरी शान्ति, सुरक्ष्ँाको मांग गरेका छन्। एम्बुलेन्स चालकहरु आन्दोलनमा उत्रिएपछि विरामीहरु मर्कामा परेका छन् ।
    थारु कल्याणकारी सभाले अनिश्चितकालीन आन्दोलनको आह्वान गरेपछि फागुन २३ गते नारायणी उपक्षेत्रीय अस्पतालबाट चन्द्रनिगाहपुरमा विरामी लिएर गएको केडिया आंखा अस्पतालको एम्बुलेन्स र अन्य एम्बुलेन्समाथि थारु पर््रदर्शनकारीहरुले ढुंगामुढा गरी क्षति गरेका थिए । थारु आन्दोलनकारीहरुले नारायणी उपक्ष्ँेत्रीय अस्पतालको ना १ झ ५०२ एम्बुलेन्स, केडिया आंखा अस्पतालको ना १ च ६५०६, मुस्लिम वेलफेयर सोसाइटीको ना १ च ९२७२ एम्बुलेन्स चोडफोड भएको छ भने चालकहरु ओमप्रकाश पटेल, महम्मद आरिफ अंसारी, बृजमोहन, दुलारे अंसारीमाथि हातपात गरेका छन् ।
    यता थारु कल्याणकारी सभाले एम्बुलेन्स, प्रेस, बिवाहका गाडी लगायत सवारीसाधनहरु बन्दमा चल्न छुट दिएको प्रेस विज्ञप्तिमार्फ जानकारी गराइसकेको छ।

    0 comments: