प्रश्न पत्र विक्री गर्ने शिक्ष्ँक पक्राउ

Posted on
  • Mar 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ चैत/ कक्ष्ँा ८ परीक्ष्ँाको प्रश्नपत्र बिक्री गरिरहेको अवस्थामा एक शिक्षक रंगेहात पक्राउ परेका छन्।
    चैत ३ गते बिहान ८ः१५ बजे विद्यार्थीहरुलाई लाइनमा बसालेर गणित, विज्ञान र सामाजिक विषयको प्रश्नपत्र रु ५० मा बिक्री गरिरहेको अवस्थामा पर्साको हरपतगंजस्थित निरन्जन साह प्राथमिक विद्यालयका शिक्ष्ँक लाल महम्मद अंसारीलाई जिल्ला शिक्षा कार्यालय पर्साका जिल्ला शिक्ष्ँा अधिकारी रामविनय सिंहले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।
    जिशिअ सिंहले कक्षा ८ को नेपालीबाहेक सवै विषयको परीक्ष्ँा रद्द गरी चैत ६ गतेबाट पुनः परीक्षा नयां प्रश्नपत्रबाट लिइने बताए। पर्सर्ााजल्लाका विद्यालयहरुमा परीक्ष्ँा लिनका लागि जिशिअ कार्यालय पर्सर्ााट तयार पारिएको कक्ष्ँा ८ को प्रश्नपत्र परीक्षा हुनु अगाडि र्सार्वजनिक गरिएकोमा छानबिन गर्नका लागि ७ सदस्यीय छानबिन कमिटी गठन भएको छ । सो कमिटीले भोलि प्रतिवेदन बुझाउने प्राप्त समाचारमा उल्लेख छ।

    चियापान कार्यक्रम

    वीरगंज, ४ चैत/ स्वतन्त्र समूहका उम्मेदवार राजाबाबु समूहले आज चियापान कार्यक्रम ठाकुर राम बहुमुखी क्याम्पसमा सम्पन्न गर्‍यो ।
    ठाराब क्याम्पस लगायत देशभरिको सम्पर्ूण्ा क्याम्पसमा यही चैत ६ गते स्ववियु चुनाव हुन गइरहेको छ। सभापति उम्मेदवार राजाबाबु प्रसादले आफनो प्यानललाई विजय भएमा क्याम्पसमा शैक्षिक सुधार गर्ने, भौतिक संरचना मजबुत पार्ने लगायतको कुरामा जोड दिएका छन् ।
    राजाबाबुप्रसाद स्वतन्त्र समूहबाट उपसभापति मुुकेशकुमार यादव, सचिव राजुप्रसाद साह, सहसचिव कुन्दनप्रसाद साह, कोषाध्यक्ष शिवध्यान रायलगायत रहेका छन्।

    0 comments: