आधिकारिक उम्मेदवार आफू नै भएको दाबी गर्दै नेविसंघका तीन समूह अनसनमा

Posted on
  • Mar 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ चैत/ ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन आयोगले अन्यायपर्ूण्ा निर्ण्र्ाागरेको आरोप लगाउंदै नेविसंघको आधिकारिक उम्मेदवार आफूहरु नै भएको दाबी गर्दै संघका ३ वटा समूहले आमरण अनसन जारी राखेका छन् ।
    आज पनि क्याम्पस हाताभित्र नेविसंघ सन्तोष सिंह समूह, मुकेश द्विवेदी समूह र नविन सिंह समूहले तीन स्थानमा अनसनमा बसेका हुन् ।
    पहिलो समूह संतोष सिंह, मनोज यादव, रामाकान्त यादव, सन्तोष गुप्ता, विन्देश्वर मण्डल, मेघा शाही बसेका छन् भने दोस्रो समूह मुकेश द्विवेदी, नविनकुमार बराल, तेजप्रताप चौहान, इन्द्रदेव पटेल, संजय कुशवाहा बसेकाछन् । त्यस्तै तेस्रो समूहका नविन सिंह, तारा घिमिरे, इरफान मंसुरी, सुभाष साह, जुनेद आरिफ र राकेश बर्मा अनसनमा बसेका छन् ।
    तीनै समूहले आफूहरु नेविसंघको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगले उम्मेदवारको नाम प्रकाशित गर्नमा धांधली गरेको आरोप लगाउंदै क्याम्पस प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए । क्याम्पस प्रशासनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

    0 comments: