धुम्रपानले ८ सेकेन्डमा एकजनाको मृत्यु

Posted on
  • Mar 4, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २१ फागुन/ धुम्रपानले हरेक ८ सेकेन्डमा विश्वमा एकजनाको ज्यान लिइरहेको छ भने क्यान्सर रोग समयमा उपचार गरे निको हुने जानकारी गराइएको छ ।
    आज नेपाल अबर्ुद रोग निवारण संस्था पर्सा फेबु्रअरी ४ क्यान्सर दिवसको उपलक्ष्यमा घण्टाघरमा एक चेतनामूलक कार्यक्रमको आयोजना गरी सो जानकारी दिएको हो । मलाई मेरो स्वास्थ्य क्रियाशील बाल्यकाल मनपर्छ भन्ने नाराका साथ सुरु भएको सो जनचेतनामूलक कार्यक्रममा नेपाल अवर्ुद रोग निवारण संस्था भक्तपुर अस्पतालले तयार पारेको पाठेघरको मुखको क्यान्सर एक संक्षिप्त जानकारी, धुम्रपान तथा सर्ूर्तिजन्य पदार्थबारे जानकारी, नारीको सौर्न्दर्य स्तन आफै जांचौं क्यान्सर पनि हुन सक्छ सुरुमै थाहा पाऔं, धुम्रपानले शरीरका विभिन्न भागमा पुर्‍याउने असर तथा रोगहरुलगायतको पर्चा वितरण गरेको थियो ।
    धुम्रपानले हरेक ८ सेकेन्डमा विश्वमा एकजनाको ज्यान लिनुको साथै शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउने हुनाले तालु खुइलिने, मोतियाबिन्दु चाउरी पर्नु, क्यान्सर आदि हुने जानकारी गराइएको छ ।
    नेपाल अबर्ुद्धरोग निवारण संस्था पर्साको जनचेतनामूलक कार्यक्रममा संस्थाका अध्यक्ष गंगाबहादुर थापा, कार्यक्रम संयोजक जीवनलाल श्रेष्ठलगायतको उपस्थिति थियो।

    दलित, जनजाति पार्टी जिल्ला कार्यसमिति पर्सा विघटन


    वीरगंज, २१ फागुन/ दलित जनजाति पार्टी जिल्ला कार्यसमिति पर्सा विघटन गरिएको छ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी विधान अनुसार कार्यकाल पूरा भएकोले हाललाई पर्सा जिल्लाको कार्य समिति फागुन २१ गतेदेखि लागू हुने गरी विघटन गरी नयां कार्यसमिति यथाशीघ्र गठन हुने पार्टीका सचिव जगजीवन रामले विज्ञप्तिमार्फ जनाएका छन्।

    0 comments: