प्रहरीले मोटो रकम असुलेर हुण्डी कारोबारी राजा छाडे

Posted on
  • Mar 5, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २२ फागुन/ जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक केपी शर्माले मंगलवार वीरगंज, आदर्शनगर-१३ मा अफिस राखी हुण्डीको कारोबार चलाएका सन्तोषकुमार जैनका छोरा राजा जैनलाई अपहरणशैलीमा पक्राउ गरी मोटो धनराशी लेनदेनपश्चात छाडेका छन्।
    दिउंसो करिब ३ बजे आदर्शनगरस्थित श्याम टिवडेवालको घरमा डेरा लिई अफिस संचालन गरेका जैनको अफिसमा दलबलसहित हातहतियार लिएर पुगेका प्रनि शर्माको टोलीले छापामारी गर्दा जैनका छोरा राजा जैनको साथमा रहेको चेकसहित ६ लाख रकमसमेत बरामद गरेका थिए।
    उक्त रकम जफ्त गरेपश्चात राजा जैनलाई पक्राउ गरी प्रहरी भ्यानमा राखेका प्रनि शर्माले अपहरण शैलीमा राजाको कन्चटमा पेस्तोल तर्ेसाइ गण्डक प्रहरी बिटमा लगी लुकाएको बताइन्छ। अपराध नियन्त्रणका नाममा होली खर्च उठाउने कसरतमा जुटेका प्रनि शर्माले सो छापामारी भने वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्रध्वज हमालको निर्देशनमा गरेको स्रोतले जनाएको छ। हुन्डी कारोबारी जैनको घरमा छापामारी गरी राजालाई पक्राउ गरेपश्चात निजका परिवारले नेपाली कांग्रेसका सभासद् ओमप्रकाश शर्मालाई सो घटनाबारे जानकारी गराएपश्चात् शर्माले तत्काल मध्य क्षेत्र डिआइजी नरेश गुरूङलाई छाड्न दबाब दिएपछि सोही दिन राति ९ बजे जैनलाई प्रनि शर्माले छाडेका थिए। छापामारीको दौरानमा बरामद गरेको नगद तथा चेक गरी ६ लाख रकम मध्ये ४ लाख ५० हजार मात्रै रहेको भनि रकम फर्काएका प्रनि शर्माले १ लाख ५० हजार होली खर्चको नाममा झ्वाम्म बनाएको जैनपक्षको आरोप छ।
    सोही घटनाका विषयमा आदर्शनगरस्थित रहेका व्यापारीहरुसंग यस दैनिकले प्रतिक्रिया लिंदा सन्तोष जैन भारतको खाटु गएको बखत नियोजित रुपबाट निजको अफिसमा छापामारी गरी राजालाई पक्राउ गरी रकम झार्ने योजना बनाएका केही संचारकर्मीहरुले वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्र ध्वज हमालमार्फ शर्मालाई आदेश दिन लगाई सो छापामारी गरेको हामी पनि सुन्दैछौं भन्ने प्रतिक्रिया आयो। साभार राष्ट्रिय दैनिक पत्रिका

    0 comments: