गोली लागेर एकजनाको मृत्यु

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • धनुषा, ७ चैत/ होलीको बिषयलाई लिएर दुइ पक्षबीच वादविवाद भएपछि गोली लागेर एकजनाको मृत्यु भएको छ।
    गए राति १०ः४५ बजे झिटकैया-२ स्थित माझीटोल निवासी मुनीमोहन यादवको छोरा वृज यादवलाई सोही ठाउं वडा नं.१ बस्ने जोगेन्द्र यादव, जितेन्द्र यादव, सत्य यादव, टिक यादव, शिव यादव, बिल्टु यादवले २ राउण्ड गोली प्रहार गरेका थिए। र्घाईते वृज यादवको जनकपुरमा अस्पतालमा उपचारको क्रममा राति ११ः४० बजे मृत्यु भएको थियो।
    घटनामा संलग्न मध्ये सत्य यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार रहेको प्रहरीले जनाएको छ।

    0 comments: