स्व. सुबोध सिंह स्मृति क्रिकेट प्रतियोगिताको उपाधि वीउवासंघलाई

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, ८ चैत/ फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा आयोजित क्रिकेट प्रतियोगिताको उपाधि वीरगंज उद्योग वाणिज्य संघले जितेको छ।
    आज वीरगंजको नारायणी रंगशालामा सम्पन्न फाइनल खेलमा उद्योग वाणिज्य संघ वीरगंजले नेपाल पत्रकार महासंघ पर्सालाई ७ विकेटमा पराजित गरेको छ।
    टस जितेर पहिलो व्याटिङ गरेको पत्रकार महासंघले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाइ २०९ रन बनाएको थियो।
    प्रतिउत्तरमा वीउवासंघले १७.३ बलमा ३ विकेट गुमाइ २१० रन बनाएर उपाधि जितेको हो। खेलको म्यान अफ दि म्याच वीउवासंघका अनिल भक्कड घोषित भएका छन्। त्यस्तै म्यान अफ दि सिरिज पत्रकार महासंघ पर्साका भूषण यादव घोषित भएका छन्।
    नेपाल पत्रकार महासंघ, पर्साको आयोजनामा भएको प्रतियोगितामा वीउवासंघ, पत्रकार महासंघ, वीरगंज जेसीज, बैर्ंकर्स एसोसिएसन, र्सर्ूय नेपाल, विद्यार्थी जागरण मंच पुनरस्थापना गरी ६ वटा टिमले भाग लिएका थिए।

    0 comments: