डाक्टरको लापवाहीका कारण शिशुको मृत्यु

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in

  • बीरगंज ९ चैत्र/ चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको मृतक शिशुको आफन्तजनले आरोप लगाएका छन्।
    आज बिहान बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा मृतकका आफन्तजनहरुले नाराबाजी गर्दै पर््रदशन गरेका थिए। अस्पतालको प्रसुति कक्षमा बारा, मनहर्वा-३ निवासी हिरा भण्डारीले चैत्र ७ गते बिहान साढे आठ बजे जन्माएको शिशुको आज बिहान ८ बजे अस्पतालमा मृत्यु भएको हो।
    अस्पतालमा गर्भवती महिलाको उपचारमा बिशेष चिकित्सकको उपस्थितीमा हुनु पर्ने भए पनि डा. रणबिर सिंह अनुपस्थित रहेकाले प्रशिक्षार्थी नर्स पुष्पा गैरे र सुनिता जिसीले उपचार गरेकी थिइन। मृतक शिशुको मामा दर्ुगा तिमिल्सिनाले शिशुको अवस्था गम्भीर रहेको जानकारी दिए पनि चिकित्सक समय मै आई नदिएकाले र शिशुलाई आफनै नर्सिङहोममा बोलाएको मृतक शिशुको आफन्तहरुले जनाएका छन्।
    नारायणी उपक्षेत्रीय अस्पतालमा रातिको ड्युटीमा रहनुपर्ने डा. रणवीर सिंह आप\mनो क्लिनिकमा रहेको र लापरवाही देखिएको कारण एक नवजात शिशुको अकालमा मृत्यु भएको स्थानीयबासी बताउंछन्।
    डा. रणवीर सिंहको लापरवाहीको कारण बच्चाकोमृत्यु भएको आक्रोश आफन्तहरुलेव्यक्त गरेपछिस्थिति बुझ्न गएका स्थानीय संचारकर्मीहरुलाई डा. रणवीर सिंहले मसंग केही नसोध्नु होस्, जे सोध्नर्ुपर्छ जे बुझ्नर्ुपर्छ मेडिकल सुपरिटेन्डेन्ट डा. सुमनकहां गएर बुझ्नु होस् भन्ने जवाफ दिंदै अस्पतालबाट बाहिरिएका ए ि। यसप्रकारको लापरवाहीका घटना दिनहुं अस्पतालमा दोहरिने र समाचार सम्प्रेषण हुने गरेका छन् । तर सेवामा कुनै सुधार आउने गरेको छैन। अस्पतालमा आएका विरामीहरुकोसेवालाई भन्दा डाक्टरहरुले आफनो क्लिनिकलाई प्राथमिकता दिंदै आएबाट नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा सेवाका लागि गएका विरामीहरुले बढी जोखिम उठाउनुपर्दै आएको छ।

    0 comments: