निशुल्क आंखा उपचार तथा रक्तदान

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १ चैत/ अन्तर्रर्ााट्रय राउण्ड टेबुल स्थापनाको ८१ औं वर्षपूरा गरेको उपलक्ष्यमा राउण्ट टेबल वीरगंज-३ ले रक्तदान, निशुल्क आंखा शिविर तथा पोशाक वितरण गरेको छ।
    आज आदर्शनगरस्थित बाल मन्दिर स्कूलका २ सय छात्रछात्राहरुलाई पोशाक वितरण गरिएको थियो भने निशुल्क आंखा शिविरमा १०५ विद्यार्थीहरुको आंखा परीक्षण गरीएकोमा ५ जना आंखा बिरामी पाइएको र १० जनालाई चश्मा वितरण गरिएको थियो।
    आंखा परीक्षण केडिया आंखा अस्पतालका डा. शिवशंकर साह, डा. राजदेव साह र डा. शिवनाथ यादवले गर्नुभएकोथियो।
    कार्यक्रममा राउण्ड टेबुल वीरगंज १, २ र ३ का पदाधिकारीहरुले रक्तदान गरेका थिए। मोहन प्रधान, सतिस अग्रवाल, पूजा पटवारी, संजय पटवारी, उत्तम अग्रवाल, मनिषा अग्रवाल, दीपक अग्रवाल, कबिता खेतान, इन्दू मल्ल, राम मल्ल लगायत २१ जनाले रक्तदान गर्नुभएको थियो।
    यसैगरी ९९ औं अन्तर्रर्ााट्रय नारी दिवसको उपलक्ष्यमा जागृति विकास मंच वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्।
    रक्तदान गर्नेहरुमा रमारानी श्रेष्ठ, ललिता कुमारी, विद्या चित्रकार, सपना श्रेष्ठ, सुरेन्द्र खड्गी, चन्दन कुशवाहा, सुनीता श्रेष्ठ, योगेश्वर श्रेष्ठ, बिनु श्रेष्ठ, सुशीला श्रेष्ठ, शम्भुमान श्रेष्ठ, शंकरमान श्रेष्ठ, सावित्री सिंह, ज्ञानेन्द्र महतो लगायत हुनुहुन्थ्यो।

    0 comments: