पत्रकार महासंघ पर्सा र वीउवासंघ फाइनलमा प्रवेश

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १ चैत/ वीरगंजका युवा फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा आज सम्पन्न क्रिकेट प्रतियोगितामा आयोजक पत्रकार महासंघ पर्सा र वीरगंज उद्योग वाणिज्य संघ फाइनलमा प्रवेश गरेको छ।
    आज सम्पन्न लिग सेमिफाइनलमा बैर्ंकर्स एसोसिएसन, पत्रकार महासंघ पर्सा र वीरगंज उद्योग वाणिज्य संघ लगातार पराजित भए पछि फाइनलमा प्रवेशको अवसर गुमाएकोले दुबै टिम फाइनलमा प्रवेश गरेको हो।
    पहिलो खेलमा टस जितेर व्याटिङ गरेको पत्रकार महासंघ पर्साले निर्धारित १२ ओभरमा ५ विकेटको नोक्सानीमा १२२ रन बनाएको थियो। महासंघका भूषण यादवले ३५ बलमा र्सवाधिक ७१ रन जोडेका थिए सो खेलको म्यान अफ दि म्याच यादव घोषित भएका छन्।
    यसैगरी बैर्ंकर्स एसोसिएसन १२३ रनको विजय लक्ष्यसहित मैदानमा आएकोमा १२ ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र जोड्न भ्याएकोले पराजित हुनु परेको थियो।
    दोश्रो खेलमा टस जितेर फिल्डिङ रोजेको वीरगंज उद्योग वाणिज्य संघले बैर्ंकर्सलाई १२ ओभरमा ७९ रन मात्र बनाउने अवसर दिएको थियो भने ८० रनको लक्ष्यलाई संघले ८.३ ओभरमा पूरा गरेको थियो। पत्रकार महासंघ र उद्योग वाणिज्य संघबाट पराजित बैर्ंकर्स लिगबाट फाइनलमा पुग्ने अवसर गुमाउंदै बाहिरिएपछि फाइनलको यात्रा सुनिश्चित गरेको दुबै टीम बीचको खेलमा संघ विजय भएकोथियो।
    महासंघले पहिलो व्याटिङ गरी ४५ रन जोडेको थियो। संघले ८ विकेटको नोक्सानीमा सहज विजय प्राप्त गरेको थियो। दोश्रो र तेश्रो खेलमा संघका अश्विनी वर्ण्र्ााल र मुकेश म्यान अफ दि म्याच घोषित भएका छन्। फाइनल खेल आगामी शनिवार हुने पत्रकार महासंघ पर्साले जनाएको छ।

    0 comments: